बिहिबार, बैशाख १३, २०८१

मन्त्रालय टेकेकै छैनन् पशुपन्छी मन्त्री दाहाल

काठमाडौं, असोज । पशुपन्छी विकास मन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो नेतृत्वमा रहेको पशुपन्छी विकास मन्त्रालयमा एक पटक पनि टेक्न भ्याएका छैनन् । माओवादी केन्द्रकै भागमा परेको कृषि विकास मन्त्रालयमा मन्त्री र राज्य मन्त्री नियुक्ति गर्न सफल भएका दाहालले पशुपन्छी विकास मन्त्रालय कृषि विकास मन्त्रालयमा नै गाभ्नका लागि पार्टी निकट संगठनले दवाव दिएको भएपनि अहिलेसम्म न त कृषि विकास मन्त्रालयमा गाभिने संकेत देखिएको छ । नत मन्त्री नियुक्ति गर्ने कुरामा नै दाहाल अगाडि बढेका छन् । p-dahal
पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म मन्त्री नपाउंदा र सो मन्त्रालयको कार्यभार समेत लिएका प्रधानमन्त्री दाहाल कै कारण पशुपन्छी विकास मन्त्रालय अस्तव्यस्त देखिन्छ । पशुपन्छी विकास मन्त्रालयका बारेमा निर्णय लिन नसक्दा मन्त्रालय मातहतका कर्मचारीको सरुवामा समेत समस्या परेको मन्त्रालय श्रोतले बताएको छ ।
पशुपन्छी विकास मन्त्रालयमा पुग्ने हो भने सो मन्त्रालयको अवस्थाले नै सवै कुरा झल्काउने गर्दछ । मन्त्रीको कार्यकक्ष अगाडि झुण्ड्याइएको पुष्पकमल दाहालको नाम अंकित बोर्ड भएपनि कार्याकक्ष संधै वन्द देखिन्छ । पशुपन्छी विकास मन्त्रालय राखिरहने तर मन्त्री आफैले संहालेर मन्त्रालयको बारेमा चासो नलिंदा कर्मचारीहरु अन्यौलमा परेका छन् । पशुपन्छी विकास मन्त्रालय किन स्थापना गरियो ? त्यसको उदेश्य अनुरुप काम गर्नका लागि सरकार बनेको महिनौं वितिसक्दा पनि मन्त्री नतोक्नुको कारण के होला ? प्रधानमन्त्री दाहालले समेत मन्त्रालयको बारेमा व्रिपिङ्ग लिनु पर्दथ्यो कि पर्दैनथ्यो ? विगतमा पनि डा बाबुराम भट्टराई प्रधानमन्त्री छंदा कृषि विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दा मन्त्रालयको व्रिफिङ्ग लिने हरेक महिना मन्त्रालयको प्रगति माग्ने गरेको भएपनि पशुपन्छी विकास मन्त्रालयमा मन्त्री तोक्न नसकेका दाहालले भने मन्त्रालयलाई पूर्ण रुपमा वेवास्ता गरेका छन् । उनले वेवास्ता गरेकै कारण पशुपन्छी विकास मन्त्री अध्यक्ष रहेन राष्ट्रिय दुग्ध विकास बोर्ड जस्ता संस्थाहरुमा समेत कर्मचारीहरुले मन लाग्दो गरिरहेको बताइएको छ । केही साता अगाडि मात्र बोर्डका कार्यकारी निर्देशकले आफू खुशी वैठक राखि पचासौ लाख अनुदान उपलब्ध गराएका थिए । जुन बैठकमा मन्त्रील अध्यक्षता ग्रहण गर्नु पर्ने थियो । तर अध्यक्ष विनै कार्यकारी निर्देशकले वैठक ठाकेका थिए । तसर्थ पुष्पकमल दाहालले मन्त्रालय पिच्छे बोर्ड टांग्नु भन्दा कि मन्त्रालयलाई गतिशील बनाउने मन्त्रालय आक्कल झुक्कल जाने नभए अरु मन्त्री तोक्ने तर्फ लाग्नु पर्ने थियो कि ?

प्रकाशित मिति: शुक्रबार, अशोज १४, २०७३