बिहिबार, बैशाख १३, २०८१

मन्त्रालयको करीव नौ अर्व बजेट फ्रिज हुने

काठमााडौं, असार । कृषि विकास मन्त्रालयको चालु आर्थिक वर्षको बजेट खर्च नहुँदा करीव नौ अर्व बजेट फ्रिज हुने देखिएको छ । २७ अर्व बजेट रहेको कृषि विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गर्न नसक्दा यो अवस्था आएको हो । कृषि विकास मन्त्रालयलाई बजेट अभावका कारण कृषि उत्पादकत्व बृद्धि गर्न नसकिरहेको गुनासो एकातिर छ भने अर्कोतिर विनियोजित बजेट खर्च गर्न नसक्नुलाई के भन्ने ? ministry-of-agriculture
कृषि विकास मन्त्रालयको बजेट तर्जुमा गर्दा नै गर्न नसक्ने कार्यक्रमहरु तयार गरिएकाले यो अवस्था आएको हो भन्छन् कृषि विज्ञहरु । जावो २७ अर्व बजेट भनेको कृषि विकास मन्त्रालयको लागि अत्यन्तै थोरै हो । तर मन्त्रालयले किन खर्च गर्न सक्दैन अचम्म लाग्छ भन्छन् धान विज्ञ भोला बस्नेत । त्यस्तै कृषि विकास मन्त्रालयले पछिल्ला वर्षहरुमा हेर्ने हो भने बजेट खर्च गर्ने नीति नै ठिक नभएको मन्त्रालयकै योजना शाखाका एक अधिकृत बताउँछन् ।
हामीले गर्ने खर्च के का लागि र कसरी गर्ने भन्ने कुराको टुङ्गो पहिले नै लगाउनु पर्ने तर्क उनको छ ।
आगामी आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्दादेखि नै हेर्ने हो भने उही पुरानो कार्यक्रमलाई यताउता गरे बजेट थपघट गर्ने बाहेक अरु केही पनि छैन । यस्तो किसिमले बनाइएको बजेटले कृषि उत्पादकत्व बृद्धि हुन्छ भन्नु नै वेकार भएको उनको तर्क छ । हुन पनि कृषि विकास मन्त्रालयका अधिकांका कार्यक्रमहरु कागजमा नै समाप्त भएका पनि देख्न सकिन्छ । केही आयोजनाले सञ्चालन गरेका थोरै मात्र राम्रो बस्तु र बाली देखाएर उत्पादकत्व बृद्धि हुँदै गरेको भजाउने काम गरिएको छ । यसले नेपाली कृषि क्षेत्रलाई कहाँ पु¥याउँला सोचनीय देखिएको छ ।
यदि साँच्चै नै किसानमुखि कार्यक्रम भईदिएको भए र किसानसम्म पुगेको भए नौ अर्व बजेट फ्रिज हुने अवस्था आउँदैनथ्यो कि ? ३७ अर्वमा नौ अर्व बजेट फ्रिज हुनुलाई कृषि विकास मन्त्रालयको योजना असफल हो भन्न सकिन्छ । यस्ता असफल योजनाहरु बनाएर राज्यको अर्वौ रुपैयाँ बालुवामा पानी हाल्नकै लागि हो त ?
किसानहरु मल नपाएर तड्पिईरहेका छन् । गुणस्तरीय बीउ नपाएर छट्पटाईरहेका छन् तर कृषि विकास मन्त्रालयको अर्वौ रुपैयाँ फ्रिज भएर जान्छ । यो दोष कस्लाई दिने ? हरेक वर्ष २७ अर्वको खाद्यान्न आयात गरिरहनु परेको छ । तर त्यत्ति नै बजेट कृषि विकास मन्त्रालयको छ । यसलाई तुलना गर्ने हो भने कसरी गर्ने ? कृषि विकास मन्त्रालयका विद्धान विज्ञहरु, वैज्ञानिकहरुले थोरै भएपनि ध्यान दिने दिन आउँला ?

प्रकाशित मिति: सोमवार, असार २६, २०७४