बिहिबार, बैशाख ६, २०८१

मत्स्य विकास: पशु सेवा कि कृषि सेवा ?

काठमाडौं,पुस । कृषि विकास मन्त्रालय विभाजन गरी पशु विकास भयो । मन्त्रालयको नाम पशु विकास मात्र राखिनु हुन्न यसलाई पशुपंक्षी तथा मत्स्य विकास मन्त्रालय नामाकरण गरिनु पर्दछ भन्दै पशु विकास मन्त्रालयले नाम संशोधन गर्दै मन्त्रीपरिषद्मा पु¥यायो । तर पशु विकास मन्त्रालयले मन्त्रीपरिषद्मा नाम सशोधनका लागि पठाएको निर्णयमा पशुपंक्षी विकास मन्त्रालय भएर आएको छ । fish
तर प्रसंग के हो भने विगतमा कृषि अन्तर्गत राखिएको मत्स्य सेवालाई पशु विकास मन्त्रालय मातहतमा राखिने गरी निर्णय भएको भएपनि पशु विकास मन्त्रालयको नाम परिवर्तन भई पशुपंक्षी विकास मन्त्रालय भएर आउंदा भने मत्स्य सेवा हराएको छ । भनाईको मतलव पशु विकास मन्त्रालयमा आईसकेको मत्स्य सेवा फेरि कृषि विकास मन्त्रालयमा नै पुगेको छ ।
सरकारले सत्ताको बांडफांड गर्दा मन्त्रीहरुको लागि भागबण्डा मिलाउनका लागि जे जसरी मन्त्रालय फुटाउने काम गरेको छ । त्यसले पशुपंक्षी विकास मन्त्रालयलाई धेरै नै सहज पनि भएको छ । यद्यपी पशु सेवा ऐनमा उल्लेख गरिएको वा परिभाषित गरिएको माछा भने पशुमा पर्दै परेन । पशु भन्नाले माछा तथा मौरीलाई समेत जनाउंछ भनिएपछि त्यसलाई कार्वान्वयन भने अहिलेसम्म भएको छैन ।
विगतमा यी दुवै कृषि विभाग मातहतमा रहेको थियो । मत्स्य र मौरीलाई ऐनमा र विश्वव्यापी रुपमा हेर्दा पशु अन्तर्गत नै रहेको भन्दै नेपालमा पनि पशु सेवा अन्तर्गन राखिनु पर्दछ भन्ने कुरा विगतमा पनि नउठेका होइनन् । तर त्यो हुन सकिरहेको थिएन । हुनत पशु विकास मन्त्रालय छुट्टै हुनु पर्दछ भन्ने आवाज विगत तीनदशकदेखि नै भएको भएपनि अहिले आएर पशुपंक्षी विकास मन्त्रालय बन्न सफल भएको छ ।
कृषि विकास मन्त्रालय मात्र रहंदा मौरी र माछालाई सोही मन्त्रालय मातहतमा राखिएको भएपनि अहिले मन्त्रालय विभाजन पश्चात पनि पशु विकास मन्त्रालयमा राखिएको माछा र मौरीलाई फेरि किन कृषि विकास मन्त्रालयमा राखियो भन्ने बहश चल्न शुरु भईसकेको छ । माछा र मौरी पशु ऐन बमोजिम नै हालको पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत रहनु पर्दछ भन्ने विषयमा व्यापक रुपमा लविङ् शुरु भएको छ । माछा र मौरीलाई पशुपंक्षी विकास मन्त्रालय मातहतमा राखिनु पर्दछ भन्ने लविङ् यसकारण पनि गर्नु पर्दैन् कि यो नामैले स्वत त्यसमा पर्नु पर्दछ भन्ने कुरा हो । सरकारले पशु सेवा अन्र्तगत के के बस्तु र सेवाहरु पर्दछन् भन्ने कुराको हेक्का नै नगरी सम्वन्धित विषयको मन्त्रालय गठन भईसक्दा पनि माछा र मौरीलाई पशु विकास मन्त्रालयबाट हटाएर कृषि विकास मन्त्रालय मातहतमा राखिनु भनेको कुनै पनि किसिमले जायज छैन भन्ने कुरालाई यतिखेर कृषि क्षेत्रकै विज्ञहरुले आलोचना गर्न थालेका छन् । तसर्थ माछा र मौरीलाई पशुपंक्षी मन्त्रालयमा नै राख्दा उचित हुन्थ्यो कि ?

प्रकाशित मिति: आइतवार, पुस २६, २०७२