बिहिबार, बैशाख १३, २०८१

भ्यागुते रोगको प्रकोप

रौतहट, १२ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा भ्यागुते रोगको प्रकोप फैलिएको छ । नगरपालिकाअन्तर्गत पौराइको मङ्गलपुर र ठोक्कर टोलका किसानले पालेका पशुमा भ्यागुते रोग लागेपछि केही पशु मरेका छन् । भ्यागुते रोगबाट बच्न अहिले प्रभावित क्षेत्रमा धमाधम खोप दिने काम भइरहेको पशु विकास अधिकृत खड्ककुमार मैनालीले बताउनुभयो । भ्यागुते रोग लाग्दा पशुमा अत्यधिक ज्वरो आउने, ¥याल काड्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, पेट ढाडिने र अन्त्यमा पशु मर्ने पशु चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १२, २०७१