शनिबार, बैशाख ८, २०८१

भोकमरीबाट मुक्त होला देश

काठमाडौं, ७ पुष । नेपालका दूर्गम पहाडी जिल्लाहरुमा विगतका बर्षहरुमा खाद्य संकट देखिएको थियो । खाद्य अभावका कारण जनताले अत्यन्तै पीडादायी अवस्था भोगेका थिए । खाद्य अभावमा रहेका जनतालाई गैरसरकारी संस्थाहरुले कुहिएको चामल बँ“ढेका कारण झाडापखालका कारण अकालमा नेपाली जनताले ज्यान गुमाउनु परेको तीतो यथार्थ हामी माझ अmभै लुक्न सक्दैन । त्यही तितो यथार्थतालाई मध्यनजर गर्ने हो भने नेपाल भोकमरीबाट मुक्त देश बन्न सक्ला र ? गरिवीको रेखामुनि रहेका जनतालाई जुन किसिमले सक्रिय गराईनु पर्दथ्यो त्यो गर्न सकिरहेको छैन । खाद्यका लागि विभिन्न खालका परियोजना सञ्चालनमा आएको देखिएपछि त्यसको प्रभाव परियोजना सञ्चालन रहुञ्जेलमात्र भएको विगतले स्पष्ट देखाईसकेको छ ।
दातृ निकायले दिएको सहयोगमा गैरसरकारी संस्थाहरुले बा“डेको राहत भोका जनताका लागि केवल फोटो विक्रीका लागि मात्र भएको आक्रोश नआएका पनि होइनन् । यद्यपी भोकमरीबाट नागरिकहरुलाई जोगाउने हो भने कृषि उत्पादनमा जोड दिनुको विकल्प केही पनि छैन । नेपाली जनतालाई खाद्य सुरक्षाका नाममा विदेशबाट आयात गरेर चामलका बोरा वितरण होइन उनकै खेत र बारीमा खाद्य उत्पादन गर्न सिकाउनु पर्दछ । प्रविधि विस्तार र उन्नन बीउहरु अनुदानमा उपलब्ध गराएर जवसम्म कृषि कर्ममा लाग्न उत्प्रेरित गरि“दैन तवसम्म मुलुक खाद्य संकटबाट जोगिएला र भोकमरीबाट मुक्त हुन्छ भन्नु केवल दिवास्वप्न मात्र हुने छ ।
बेरोजगारीका कारण हरेक दिन विदेशीने युवाहरुलाई मुलुकमा नै कृषि उत्पादनमा सक्रिय गराउने खालका कार्यक्रम नआउञ्जेलसम्म केवल हामीले परियोजना शुरुवात गर्ने र केही बर्षपछि समापन कार्यक्रम गर्ने बाहेक केही पनि गर्न सक्दैनौ । युवाहरुलाई कृषि उत्पादनमा लाग्ने खालका रोजगारीको प्रत्याभूति नगरेसम्म हरेक बर्ष नेपालका कुनै न कुनै जिल्ला भोकमरीबाट पिल्सिने छन् । खाद्य संकट व्यहोर्ने छन् । त्यसकारण पनि सरकारले सन् २०२५ सम्म भोकमरी मुक्त देश घोषणा गरिरहँदा खेतीयोग्य भूमीहरु दिनप्रतिदिन बाँझो हु“दै गईरहेका छन् त्यसलाई भ–ूउपयोग नीतिलाई कडाई गरी खेती प्रयोजनका लागि नै कार्यान्वयन गर्न सक्नु पर्दछ । जिल्ला जिल्लाका सदरमुकामहरुमा खेतीयोग्य भूमिहरु भवन निर्माणका लागि गरिएका प्लटिङहरु तत्काल नै रोक्न पहल गर्नु पर्दछ । अन्यथा सन् २०२५ मा मुलुकलाई भोकमरी मुक्त देशका रुपमा घोषणा गर्ने अभियान “आकाशको फल आ“खा तरी मर” भने जस्तै नहोला भन्न सकि“दैन ।

प्रकाशित मिति: सोमवार, पुस ७, २०७१