शुक्रबार, चैत्र १६, २०८०

‘भैँंसी’बारे सौराहामा अन्तर्राष्ट्रिय संगोष्ठी हुँँदै

चितवन,कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे एक अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुनेभएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । ‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुनेभएका छन् ।
सम्मेलन मूलआयोजक समितिका अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डिन प्राडा शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी हुने जानकारी दिए ।
उनीहरुले भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गरिने उनले बताए । यसमा १४ वटा आमन्त्रित कार्यपत्र रहनेछन् ।
आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनि बोरगिज, एशियन बफेलो एसोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवं विशिष्ट वैज्ञानिकको सहभागिता रहने छ ।
नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारीे सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी तथा गैरसरकारी संस्थाको बीचमा बृहत सञ्जाल निर्माण र सहकार्य विस्तारमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंँसी र यससँग सम्बन्धित उत्पादन अभिवृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने उद्देश्य लिइएको पनि देवकोटाले बताए । दक्षिण एशिया, पूर्वी, मध्यपूर्वी र मध्यपश्चिम एशिया, तटीय देश एवं दक्षिण र मध्य अमेरिकी देशको पशु उत्पादनको मुख्य हिस्सा भैँंसीले ओगटेको छ । भैँंसीको उत्पादनले नेपालको खाद्य एवं आर्थिक क्षेत्रमा पनि ठूलो योगदान गरिरहेको छ ।
पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले नेपालमा कुल दुग्ध उत्पादनको दुई तिहाई भन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंँसीको उत्पादनले ओगटेको बताए ।
विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ । विश्वभरमा १८ करोड ५० लाख भँैंसी पालिएको अनुमान गरिन्छ । यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँंसीपालन हुँदै आएको उपकुलपति ढकालले बताए ।
यो सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने पनि उपकुलपति ढकालले बताए । नेपालमा तीनवटा रैथाने जात र दुईवटा उन्नत जातका भैंँसी पालिँदै आइएको छ । रैथानेमा लिमे र पार्काेटे स्याङजा, पर्वत, बाग्लुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैँैसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ । उन्नत जातका मूर्रा र क्रस मूर्रा जातका भैँंसी तराई क्षेत्रमा पालिँदै आएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतवार, कार्तिक १९, २०७४