बिहिबार, बैशाख १३, २०८१

भूमिहिन किसानलाई ३० बर्षे पट्टामा जमिन दिनु पर्ने

काठमाडौं, फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका अवसरमा परनिर्भरताबाट आत्मनिर्भरता र अन्तर निर्भरतालाईलाई महत्व दिएको छ । सो पार्टीको राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमा किसानहरुका पक्षमा बोलेका छन् ।
डा. लोहनीले मुलुकभर ४० लाख कृषि परिवार भएको उल्लेख गर्दै त्यसमध्ये १ लाख भन्दा बढी कृषि परिवार भूमिहिन भएकाले त्यस्ता भूमिहिन किसानहरुका लागि राज्यले जमिन ३० बर्षे अवधिका लागि पट्टामा दिनु पर्ने उल्लेख गरेका छन् ।
लोहनीको आर्थिक कार्यपत्रमा वर्तमान अवस्थाका कारण देशमा अव हदवन्दी मार्फत जग्गा प्राप्त गरी त्यो भूमिहिन किसानहरुलाई वितरण गर्ने सम्भावना न्यून रहेको भन्दै भूमिहिन किसानलाई जिवीकोपार्जन गर्न अव गठन हुने निर्वाचित प्रत्येक गाउं पालिका सरकारले आफ्नो क्षेत्रमा कति भूमिहिन छन् उनीहरुलाई गाउंपालिका भित्रै उपलब्ध सरकारी स्वीकृत प्राप्त जमिन, खोजी गरी भूस्वामित्व भूमिहिन किसानहरुलाई दिनु पर्ने
उल्लेख गरेका छन् ।
डा. लोहनीले भूमिहिन किसानहरुलाई पट्टामा उपलब्ध गराइएको जमिन बेच्न नपाइने शर्त राख्दै जमिन प्राप्त गरेका किसानहरुलाई समूह गठन गरी खेती गराउन मल, बीउ सिंचाई तथा बजार व्यवस्थापनमा राज्यले उदार अनुदान र सहुलितय दिनु पर्ने बताएका छन् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ८, २०७३