बुधबार, बैशाख १२, २०८१

भारतीय कुखुरा बरामद

पर्सा, २८ चैत्र । पर्साको बिन्दवासिनी गाविसबाट गएराति ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरिएको छ । प्रहरी चौकी बिन्दवासिनीबाट प्रहरी हबलदार उपेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरीको टोलीले ५० वटा कार्टुनमा रहेको करिब चार हजार चल्ला बरामद गरेको हो । भारतबाट साइकलमा ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरिएको प्रहरी सहायक निरीक्षक सोमबहादुर मोक्तानले जानकारी दिनुभयो । krishio

बरामद गरिएको चल्ला जिल्ला पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी प्रहरीले पर्साको हरपतगन्ज–३ बाट ४० घनफिट काठ बरामद गरेको छ । जङ्गल क्षेत्रबाट अवैध रुपमा कटान गरी ल्याइरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक कमलेस यादवको नेतृत्वमा खटिएको टोलीले आठवटा गोलिया काठ बरामद गरेको हो । बरामद गरिएको काठ जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २८, २०७०