शुक्रबार, चैत्र १६, २०८०

भाद्र २१ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि

काठमाडौं, भाद्र । निकै लामो रस्साकस्सी पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले आगामी भाद्र २१ गते शनिवारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बृद्धि गरेको हो ।
दुग्ध उत्पादक किसानहरुले पछिल्लो समयमा दाना, चोक्कर लगायतका बस्तुको मूल्य बृद्धि हुँदा दूध उत्पादनको लागत मूल्य बढेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल समक्ष मूल्य बृद्धि गर्न माग पत्र बुझाएका थिए । तत् पश्चात मन्त्री खनालले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न साउन २९ गते राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । सो कार्यदलले बजार मूल्य अत्यधिक रुपमा बढेको र दूध उत्पादनका लागि आवश्यक कच्च पदार्थको मूल्य समेत बृद्धि भएको अवस्थाले गर्दा कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ६ रुपैयाा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । कार्यदलले पेश गरेको प्रतिवेदनकै आधारमा मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको हो ।

दूधमो बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन्।

नयाँ मूल्य अनुसार उपभोत्तmाले अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछ । यस अघि दूधको मूल्य प्रति लिटर ७० रुपैयाँ थियो ।

प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७६