बुधबार, बैशाख १२, २०८१

भाद्र १ गतेदेखि दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ

काठमाडौं, साउन ३२ । दुग्ध विकास संस्थानले भोली भाद्र १ गतेदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि गरेको छ । दुग्ध विकास संस्थान उपभोक्ताहरुलाई वितरण गर्दै आईरहेको आधा लिटरको दूधको प्रति प्याकेट मूल्यमा थप ३ रुपैयाँ बृद्धि भएको छ । आजसम्म प्रति प्याकेट ३२ रुपैयाँ खरिद गर्दै आईरहेका किसानहरुले भोली भाद्र १ गतेदेखि प्रति प्याकेट ३५ रुपैयाँ तिर्नुपर्ने भएको । ddc_milk
दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सेनाले पशुपन्छी विकास मन्त्रालयको स्वीकृतमा नै दूधको मूल्य प्रति लिटर ६ रुपैयाँ बढाउने निर्णय दुग्ध विकास संस्थानले गरेको बताए । उनले दूधमा भएको मूल्य बृद्धिमा किसानहरुले ६९ प्रतिशत मूल्य पाउने समेत बताएका छन् ।
पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलका अनुसार दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाउने माग संस्थानले गरेको भएपनि मन्त्रालयको मूल्य समायोजन समितिले अहिलेको अवस्थामा ६ रुपैयाँभन्दा बढी मूल्य बृद्धि गर्न नहुने भएकाले ६ रुपैयाँसम्म बढाउन सुझाव दिएको समेत बताए ।
संस्थानका महाप्रवन्धक तिमल्सेनाले भने दूध उत्पादन गर्ने किसानहरुको लागत मूल्य बढिरहेको परिप्रेक्ष्यमा दूधमा मूल्य बृद्धि गर्नु परेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४