बिहिबार, चैत्र १५, २०८०

भर्दौमा नै धान काट्न शुरु

दमक, भाद्र । झापामा बर्षेधान भदौमा नै काट्न शुरु गरिएको छ । सामान्यतया वर्षे धान कार्तिक, मंसिरमा मात्र काटिँदै आएकोमा अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ ।
धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरुले धान दुई वाली मात्र नभएर तीन बालीसम्म रोप्न सकिने अवस्था देख्न थालेको बताएका छन । यदि धान तीन वाली लगाएको अवस्थामा यो देशमा नै एउटा नयाँ कृषिको अध्याय शुरु हुने किसान अगुवाहरु बताउँछन् । अगुवा किसान समेत रहेका धान सुपरजोन सञ्चालक समितिका सहसचिवव कन्यैलाल गणेशले सो क्षेत्रमा धानको तीन बाली लगाउने सकिने आफूहरुले पाएको बताएका छन् ।
भदौंको पहिलो सातासम्म यहाँका किसानले गहिरो खेतमा खसिया बनाएर रोपेका स्मरण गर्दै आफूले डल्ले पुसा जातको धान भदौं १५ मा नै काटेकाले फेरि त्यो खेतमा धान रोपेको भए अर्को वाली लगाउन सकिने अवस्था आपःूले पाएको उनले बताए ।
उनका अनुसार खेतमा दुई वाली धान र एक वाली बेमौसमी खेती गर्दै आएका छन् । अव धान काटेको खेतमा मकै लगाउने उनले बताए ।

प्रकाशित मिति: बिहिबार, भदौ २१, २०७५