शुक्रबार, चैत्र १६, २०८०

भक्तपुरका किसान भ्यागुताको पूजा गर्दै

भक्तपुर, भाद्र । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन भक्तपुरका नेवार समुदायले आफ्नो संस्कृतिलाई जीवन्त राख्न भन्दै गुँपुन्ही मनाउँदैं आईरहेको छन् । गुँपुन्ही मनाउँदै आईरहेका नेवार समुदायका किसानहरूले आजकै दिन वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी भ्यागुतालाई भोजन गराउने काम समेत गर्दै आईरहेको छ ।
परम्परा जोगाउनका लागि पनि नेवार समुदायले भ्यागुता पूजा गर्ने कामलाई निरन्तरता दिंदै आएको किसानहरुको भनाई छ ।
किसानहरूको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रूपमा भ्यागुतालाई लिने गरिन्छ । किसानहरूले प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरूले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको बताइएको छ ।
“मानिसको महान गुरुहरूमध्ये भ्यागुता पनि एक हो । त्यसैले जनैपूर्णिमाको दिन गुरुलाई पुज्ने अवसरको रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो ।

प्रकाशित मिति: आइतवार, भदौ १०, २०७५