बिहिबार, चैत्र १५, २०८०

बैंकहरू कृषि ऋण दिन तयार छैनन् – रामानन्द मिश्र, राष्ट्रिय कार्यक्रम निर्देशक राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यक्रम

RAMANANDA MISRAनेपालमा मत्स्य व्यवसायको अवस्था कस्तो छ ?
विगत ५ बर्षदेखि हेर्ने हो भने मत्स्य व्यवसाय फस्टाउ“दै गईरहेको छ । अहिले ५७ हजार मेट्रिक टन उत्पादन मत्स्य उत्पादन भईरहेको छ । यसले के देखाउ“छ भने मत्स्यपालनको योगदान बढ्दै गईरहेको छ । करीव ३६ हजार माछा पालनबाट आउने गरेको छ भने अरु जलाशयबाट आउनेगरेको छ । तुलनात्मक रुपमा हेर्ने हो भने माछा पालनको बृद्धिदर बार्षिक ८ प्रतिशतको हाराहारीमा छ । तर विडम्वना यतिधेरै माछा उत्पादनको बृद्धिदर हुँदाहुँदै पनि माछाको आयात पनि त्यही रुपमा बढ्दै गईरहेको छ । माछाको माग बढिरहेको बेला हाम्रो उत्पादन ८ प्रतिशतले भ्याएको छैन । उपभोक्ताहरुको मागलाई पूर्ति गर्ने हो भने माछाको उत्पादन बृद्धिदर १७ प्रतिशत भन्दामा लैजान सक्यौं भने आगामी ४ बर्षभित्र मागपूरा गरेर बचत समेत गर्न सक्छौं । व्यवसायिक रुपमा मत्स्य पालनमा किसानहरु पनि आईरहनु भएको भने सरकारले पनि सहयोग गरिरहेको छ । तर जुन हिसावले माग बढिरहेको छ त्यो हिसावले उत्पादन हुन सकिरहेको छैन ।
आठ प्रतिशत बार्षिक उत्पादन बृद्धि हुँदा पनि मत्स्य आयात कम नहुनुको कारण के हो त ?
यसका दुईवटा कारण छन् एउटा माछा स्वास्थ्यको लागि अत्यन्तै राम्रो छ भन्ने कुराको जनचेतना अभिबृद्धि भएको छ । दोस्रो प्रतिष्पर्धी मासु कुखुरामा बर्डफ्लुका कारण पनि माछाको मासु प्रति उपभोक्ताको आकर्षण बढेका कारण पनि माछाको माग बढ्यो तर हामीले त्यो अनुरुप उत्पादन गर्न सकेनौ  हाम्रो उत्पादन भन्दा ९ प्रतिशत बढी माग भएका कारण पनि आयात गर्नु परेको हो । यदि हामीले माछा उत्पादनको मात्रा बढाउन सकेनौ भने आयातमा अझै बृद्धि हुने देखिन्छ ।
पोखरीको माछा र ट्राउट माछामा कस्को माग बढिरहेको छ त ?
क्रय शक्तिका हिसावले ट्राउटको भन्दा पोखरीको माछाको नै माग बढिरहेको हामीले पाएका छौं । समग्रमा माछाको माग बढिरहेको छ भन्दा उपयुक्त होला । ट्राउट उत्पादन गर्नेहरुको व्यवसायीहरुको संख्या बढेको भएपनि बजारीकरण सो अनुरुप बढ्न भने सकेको छैन ।
ट्राउट माछामा गरिएको लगानीका हिसावले घाटा परेको व्यवसायीहरु बताउँछन् नि ?
हाम्रो जानकारीमा त्यस्तो आएको छैन । बरु हरेक बर्ष ट्राउट माछामा लगानी गर्न व्यवसायीहरु आईरहेका छन् । यदि घाटाको व्यवसाय हो भने यसमा लगानी गर्न कोही पनि आउदैनथ्यो होला । गएको बर्ष मात्रा कास्कीमा ठूलो मत्स्य फार्म शुरु भएको छ । ठूलो परिणाममा ट्राउट उत्पादन भयो भने बजारीकरण नभएका कारण वा उपभोक्ता नभएका कारण सोचेअनुरुप फाइदा हुन नसक्ला । किनकी ट्राउटको उपभोक्ता कम छन् । वा उत्पादन स्थल र बजार धेरै टाढा भएका कारण पनि समस्या आएको हुन सक्छ तर विक्दै नविक्ने भने हुंदैन ।
नेपालमा भारतबाट अत्यधिक माछा आयात गर्दा नेपाली मत्स्य व्यवसायीहरुले प्रतिष्पर्धा गर्न सक्छन् त ?
सक्दैनन्  किन भने भारतमा माछा उत्पादन व्यवसायिक रुपमा गरिएको छ । त्यहांको सरकारले यसका लागि  अनुदान प्रवाह पनि धेरै नै गरेको छ । नेपाल सरकारले पनि नगरेको होइन तर जुन अनुपातमा त्यहां गरिएको छ त्यसो अनुपातमा छैन । त्यहाँका किसानको भन्दा हाम्रा किसानको उत्पादन लागत बढी छ । यो अवस्थामा प्रतिष्पर्धा गर्न गाह्रो छ । तर नेपाली उपभोक्ताले नेपाली माछा पाएसम्म बाहिरबाट आयात गरिएका माछा उपभोग गर्दैनन् । मूल्यका कारण भन्दा उपभोक्ताका कारणले नेपाली माछा व्यवसायीहरुले प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहेको छ ।
के ग¥यो भने भारतबाट माछा आयात गर्न कम होला ?
पहिलो कुरा नेपाली माछाको व्यवसायिक उत्पादनमा नै बृद्धि गर्नु पर्दछ । त्यसका लागि कम जनशक्तिबाट उत्पादन बढी गर्न सक्यो भने उत्पादन लागत बढ्छ । जनशक्तिको लागत घटाउन घटाउनका लागि उत्पादन कसरी बढाउने भन्ने कुरा सोच्नु पर्दछ  । भने अर्कोकुरा उत्पादन क्षेत्रबाट बजारसम्मको अवस्थालाई आवश्यक पर्ने पूर्वाधारहरु सरकारले निर्माण गर्न सक्यो, माछाका लागि बजारसम्म पु¥याउनका लागि आईस लगायत बस्तुहरुको पनि सहजता हुनु प¥यो । अहिले जुन किसिमले ढुवानीको व्यवस्था गरिएको छ यसलाई पनि विशेष किसिमको ढुवानीको साधनको समुचित प्रयोग ल्याउन सक्नु पर्दछ । साथै पूर्वाधार सहितको संकलन केन्द्रको स्थापना र माछा कै बजारलाई समाबेश गर्न सक्यौं भने हाम्रो उत्पादकत्व बढाउन सकिन्छ । यदि त्यत्ति सम्भव भयो भने भारतबाट माछा आयात कम गर्न सकिन्छ ।
त्यत्तिमात्र ले पुग्छ त ?
पुग्दैन, माछाका लागि पेलेट दानाको खुवाउनु पर्दछ । माछा उत्पादनका लागि पनि कृषि यान्त्रिकरणको प्रयोगलाई हामीले जोड दिईरहेका छौं । यो नयाँ व्यवसाय भएका कारणले किसानहरुमा उत्साहको कमी थियो । यो पनि विस्तारै विस्तारै आउँदैछ । र अर्को कुरा सरकारले कृषि बीमा ल्याएपछि माछा पालनलाई अझ प्रभावकारी बनाएको छ । माछा पाल्ने थलोका लागि  पनि बीमा गर्दा पहिरो वा बाढीबाट हुने सम्भावित जोखिमबाट बच्न सकिन्छ । लगानी डुब्ने डर देखिएन जसले माछा व्यवसायमा लगानी गर्नेहरुको संख्या बढ्द्रै गईरहेको छ । डुब्न सक्ने खतरालाई बीमाले सुरक्षित गरिदिएको छ । १ रुपैयाँ लगानी गर्दा १.६० प्राप्त हुने देखिएको छ । अर्को कुरा यान्त्रिकरण नीति आउने तयारी भईरहेको छ यदि त्यो भईदियो भने धेरै नै सहज हुन्छ ।
त्यसो भए माछाको बजारीकरण भन्दा पनि उत्पादनको समस्या हो भने हुन्छ ?
दुवै समस्या हुन् । पहिलो कुरा बजारलाई पुग्नका लागि नियमित र परिणाम धेरै हुन पुग्यो । माछाको बजारका लागि आज छ भोली छैन भने हुँदैन । व्यापारीलाई आकर्षण गर्नका लागि पनि हरेक दिन पुग्ने किसिमले उत्पादन हुन सक्नु पर्दछ । उत्पादनमुखि मत्स्य अभियान हाम्रो लक्ष्य छ । ३८ वटा जीउँदो माछका स्टलहरु काठमाडौंमा छन् । त्यस्तै मुख्य मुख्य शहरहरुमा बजारहरु गइरहेका छन् । दैनिक १÷२ सय केजी दैनिक उत्पादन दिन सक्ने फार्महरु छन् तर त्यसले मात्र मागलाई धान्न सक्छ कि सक्दैन । व्यापारी आकर्षित हुन्छ कि हुँदैन भन्ने कुरा पनि योसँग आउँछ । माग अनुरुप १०÷१२ टन माछा दैनिक उत्पादन गर्ने सोचमा हामी पुगिरहेका छौ्रं त्यो अवस्था सिर्जना गर्नका लागि लागिपरेका पनि छौं । नेपालमा मत्स्य व्यवसाय गर्नका लागि प्रचुर सम्भावना रहेका ठाउँ नै हो । हामीले जम्मा २ प्रतिशत भूभागमात्र उपयोग गरेका छौं ।
माछा व्यापार गर्नेहरुको संख्या बढ्यो तर  उत्पादन गर्नेहरुको आकर्षण कत्तिको छ त ?
पछिल्लो दुई बर्षको अनुभव भन्ने हो भने विभिन्न पेशामा संलग्न भएका व्यक्तिहरु पनि माछा पालनमा आकर्षित हुन थालेका छन् । पोल्ट्रि व्यवसायीहरु पनि माछा उत्पादनमा लगानी गर्न आईरहेका छन् । तर यसमा लगानीको धेरै नै आवश्यक भएको छ । लगानीका लागि ऋण सहज रुपमा पाउने व्यवस्था सरकारले गरिदिनु पर्दछ ।
तर वैक तथा वित्तिय संस्थाहरुले कृषि ऋण दिन गाह्रो मान्छन् रे नि त ?
माछा व्यवसायमा लागि सकेका व्यक्ति यो पेशाबाट पलायन हुन अवस्था छैन । समस्या कहाँ छ भने आफूले सोचे अनुरुपको लगानी गर्न नसक्दा दुखित हुन्छन् । नेपाल सरकारले पनि कृषिमा ९ प्रतिशतमा ऋण उपलब्ध गराउने नीति ल्याईसकेको पनि छ । राष्ट्र वैकले वित्तिय संस्थाहरुलाई पनि परिपत्र गरिसकेको अवस्था छ । वैक तथा वित्तिय संस्थाहरु पेनाल्टी तिर्न तयार तर कृषिमा ऋण दिन तयार देखिएका छैनन् । कृषि ऋण दिँदा लगानी डुब्छ कि भन्ने  डर अmभै पनि वैकहरुले लिईरहेका छन् । तर डर मान्नु आवश्यक छैन किनकी बीमाले त्यो जोखिमलाई सुरक्षित गरिदिएको छ । अर्काे कुरा कृषि विकास वैक पनि नाम मात्र को कृषि विकास वैक हुन पुग्यो । हिजो कृषि विकास मन्त्रालय मातहत रहंदा कृषि विकास वैकका रुपमा किसानसम्म पुग्न सकेको थियो तर अहिले अर्थ मन्त्रालय मातहत रहेपछि अप्रत्यक्ष रुपमा मात्र हाम्रो कुरा सुन्ने गर्दछ र कृषि विकास वैक पनि पूर्ण रुपमा व्यवसायिक वैक भईसकेको छ ।
मत्स्य उत्पादन र व्यवसायका लागि समस्या कहां हो त ?
पहिलो समस्या भनेको नौलो व्यवसाय र माछा प्राविधिकहरु किसानसम्म पुग्न नसक्नु । किनकी हाम्रो संगठन संरचना नै मिल्न सकेको छैन त्यसकारण पनि यो समस्या आएको छ । किसानहरुलाई हामीले जनचेतना अभिबृद्धि नै गर्न सकेका छैनौं । अर्को कुरा नेपालको सरकारको लगानी पनि कम छ । यो बर्ष लगानी बढेका कारण उत्पादनमा पनि बृद्धि भएको देखिन्छ । दातृ निकायहरुलाई हाम्रो अर्को सम्भावना वोकेको क्षेत्र माछा पनि हो भन्ने कुरा मन्त्रालय मार्फत गईसकेको छ । यदि सवै बाट सहयोग आउने हो भने आगामी पांच बर्षमा हामी माछा निर्यात गर्न सक्ने अवस्था पुग्छौं ।

प्रकाशित मिति: आइतवार, चैत्र २, २०७०