शुक्रबार, बैशाख ७, २०८१

बीउविजन कम्पनीले बेच्यो गुणस्तरहीन धान

नेपालगन्ज, जेठ । राष्ट्रिय बीउविजन कम्पनी नेपालगन्जले विक्रि वितरण गरेको राधा ४ जातको धानको वीउमा गुणस्तरहिन भएको आशंकामा क्षेत्रिय विउ विजन प्रयोगशाला खजुरामा नमुना पठाइएकोमा १९ नम्बर लटको धानको विउ प्रयोग नगर्न नहुने देखिएको छ । विभिन्न सहकारीहरुमार्फत वितरण गरेको राधा चार जातको लट नम्बर १९ को धानको बीउ गुणस्तरहीन भएको पाइएको हो । उक्त धानमा उमार शक्ति ९७ प्रतिशत हुनुपर्नेमा ९३.७ प्रतिशत मात्र शुद्व भएको क्षेत्रिय विउ विजन प्रयोगशाला खजुराले जनाएको छ । सहकारी मार्फत विउ खरीद गरेर लगेका किसानले विउमा गुणस्तर नभएको गुनासो गरेपछि मगलबार विउ विजन कम्पनी र कृषि सहकारीमा अनुगमन गरिएको थियो । राष्ट्रिय विउ विजन कम्पनि नेपालगन्जको गोदाममा समेत अनुगमन गरेको टोलिले १४, १८ र १९ नम्बर लटको विउ विक्रि वितरण तत्काललाई रोक लागाइएकोमा हाललाई १४ र १८ नम्बरको लटको विउलाइै विक्रिका लागी खुल्ला गरीएको छ । १४ र १८ लटमा उमार शक्ति प्रयाप्त भएकाले विक्रिका लागी खुला गरीएको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर बस्नेतले बताए । १९ नम्बरको लटको विउलाई पुनः ग्रेडिङ्ग गरेर मात्र सबै विउ विक्रि गर्न राष्ट्रिय विउ विजन कम्पनि नेपालगन्जलाई निर्देशन दिइएको बस्नेतले बताए । शुक्रबार विउ विजन सम्बन्धी सरोकारवालाको बसेको बैठकले १९ नम्बर लटको धान विभिन्न सहकारीहरु मार्फत फिर्ता ल्याएर पुनः ग्रेडिङ्ग गरेर मात्र विक्रि गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २८, २०७४