शुक्रबार, बैशाख ७, २०८१

बाढी प्रभावित किसानका लागि सवा अर्वको योजना

ministry-of-agricultureकाठमाडौं भाद्र । कृषि विकास मन्त्रालयले बाढी प्रभावित जिल्लाका किसानहरुका लागि राहत कार्यक्रम भन्दै सवा अर्वको कार्यक्रम प्रस्तावित गरेको छ । कृषि विकास मन्त्रालयले बाढीपहिरोबाट ३५ जिल्ला प्रभावित भएको १ सय ५७ जनाको मृत्यु भएको, ४३ हजार ४ सय ६ घरहरु पूर्ण रुपमा क्षति भएको २४ हजार ३ सय ३० पशुपन्छीको मृत्यु भएको उल्लेख गर्दै हालसम्म ६ अर्व रुपैयाँको क्षति भएको कृषि विकास मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कृषि विकास मन्त्री रामकृष्ण यादवले ३० जिल्लाका बाढी प्रभावित किसानहरुलाई एक अर्व २५ करोड ५ लाख ६० हजारको राहत कार्यक्रम ल्याएको बताएका छन् । उनले राहत कार्यक्रममा कुनै पनि क्षेत्र र निकायबाट दुरुपयोग गर्ने प्रयास भएमा त्यस्तो कार्यमा संलग्नलाई तत्काल कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ ११, २०७४