बिहिबार, चैत्र १५, २०८०

बाढी पीडित राहतको नौ करोड झापाबाट फिर्ता

झापा, साउन । गत वर्ष आएको बाढी पीडित किसानहरुका लागि राहत स्वरुप कृषि विकास मन्त्रालयले छुट्याएको १२ करोड रुपैयाँ मध्ये ८ करोड रुपैयाँ फिर्ता भएको छ । साविकको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीका अनुसार गतवर्ष कृषि उत्पादन बृद्धि र माटो सुधारका लगायतका शीर्षकमा पठाइएको रकम काम हुन नसक्दा फिर्ता भएको छ ।
राहत स्वरुप रासायनिक मल वितरण, प्रांगारिक मल क वितरण, सोयल कण्डिस्नर लगायतका सामग्री बाढी पीडित किसानहरुलाई वितरण गर्नका लागि सो रकम जिल्ला पठाइएको थियो ।
त्यसबेला बाढी पीडितहरुको राहतका लागि कृषि विकास मन्त्रालयले १ अर्व भन्दा बढी रकम राहतका लागि छुट्याएको भएपनि राहतका लागि वितरण गर्ने कार्यक्रमको विषमा विवाद समेत उत्पादन भएको थियो । अझ सोयल कण्डिस्नर, प्रांगारिक मल लगायतका विषयमा भने उजुरी नै परेको थियो । कृषि विकास मन्त्रालयलेृ वितरण गर्ने यस्ता राहतका कार्यक्रममा विशेष गरी आर्थिक विषयमा लिएर विवाद भएकाले धेरै जिल्लाका बाढी पीडित किसानहरुले राहत अझै पाउन सकेका छैनन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५