बिहिबार, बैशाख १३, २०८१

बाढी पीडित किसानलाई राहत उपलब्ध गराउ

काठमाडौं, साउन । गत शुक्रबारदेखि अविरल परेको पानीका कारण आएका बाढीले पूर्वी तराई क्षेत्रमा ठूलो विपद् आईपरेको छ । बाढीमा परि दजनौं नागरिकहरुले अनाहकमा ज्यान गुमाएका छन् । त्यसैगरी सयौं चौपायाहरु पनि बाढीले बगाएका छन् ।
तराईमा भएको दैवी विपद्लाई व्यवस्थापन गर्न सरकार लागि परेको पनि छ । तर, सरकारले मानवीय क्षतितर्फ मात्र ध्यान दिन सक्ने भएकाले पशुपन्छी तथा कृषि क्षेत्रमा भएको क्षति तर्फ पनि सम्वन्धित कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालयले क्षतिको विवरण तथ्यगत रुपमा संकलन गर्नु आवश्यक छ ।
अविरल परेको पानीका कारण पूर्वी तराईका पहाडी जिल्लामा पहिलो गएका छ भने तराईमा बाढीले हजारौं घरगोठहरु डुवानमा परेका छन् ।
निरन्तर परेको पानी र बाढीका कारण हजारौ किसानहरुलाई वेघरबार बनाईदिएको छ । भने हजारौं विघा क्षेत्रफलका खाद्य बालीहरु पनि नष्ट भएका छन् । केही दिन अगाडिसम्म पनि खडेरीका कारण समस्यामा परेका किसानहरु यतिखेर भने बाढीबाट प्रभावित बनेका छन् । तराईका धान खेतीहरु बगरमा परिणत भईरहेका छन् भने तरकारी खेती पनि तहशनहश नै भएको छ ।
त्यस्तै व्यवसायिक माछा पालनमा पनि नराम्रो असर गरेको छ । ती क्षेत्रहरुमा हजारौं हेक्टर क्षेत्रफलमा गरिएका माछा पोखरीहरुमा बाढी पसेको मात्र होइन पूर्ण रुपमा पोखरीहरु क्षति पनि भएका छ । जसका कारण प्रत्यक्षमारमा किसानहरु नै परेका छन् । दैनिक हातमुख जोर्नका लागि कृषि पेशा सम्हालेका किसानहरुदेखि व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरु पनि बाढीको प्रत्यक्षमा मारमा परेकाले कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय एवं सरोकारवाला निकायहरुले समेत तराईमा गएको बाढीका कारण पीडित भएका किसानहरुलाई राहतको कार्यक्रम तत्काल ल्याउनु जरुरी छ ।

प्रकाशित मिति: आइतवार, साउन २९, २०७४