शुक्रबार, बैशाख ७, २०८१

बाढीबाट कृषिमा आठ अर्व एघार करोड बाउन्न लाख क्षति

ministry-of-agricultureकाठमाडौं, साउन ३२ । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण तराई क्षेत्रमा गएको बाढीका कारण हालसम्म आठ अर्व एघार करोड बाउन्न लाख रुपैयाको क्षति भएको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषि विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि विकास मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कुमार कार्कीले सो कुरा जानकारी दिएका हुन् ।
जस मध्ये धान ३ अर्व १८ करोड ३०, तरकारी २ अर्व ९६ करोड ५३ लाख, मकै २४ करोड १३ लाख , दलहन ५३ करोड ६५ लाख, माछा ८० करोड ५ लाख, केरा ३ करोड ६१ लाख, तेलहन ९२ लाख, बदाम २९ लाख र बेसार ३४ करोड २ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये २ लाख ७२ हजार ६ सय ३० हेक्टर जमिन प्रभावित भएको छ भने ७८ हजार ५ सय पन्ध्र हेक्टर क्षेत्रफलमा लगाइएका बाली क्षति ग्रस्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४