शुक्रबार, बैशाख ७, २०८१

बाटो विराउनेलाई सल्लाह दिन सचिवको सुझाव

jayamukunda khanal

काठमाडौं, २९ फागुन । कृषि विकासका लागि सञ्चालनमा आएका आयोजनाहरुले बाटो विराउन थालेभने आयोजनाहरुलाई बाटो नविराउन सल्लाह दिने बानी गर्न कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि विज्ञहरुलाई आग्रह गर्नु भएको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले व्यवसायिक कृषि गर्न चाहने किसानहरुका लागि दोस्रो आव्हान मार्फत दिएको अनुदानबाट सञ्चालित उप आयोजनाहरुको अवस्थाका बारेमा गरिएको आधारभूत सर्वेक्षणको तथ्याङ्कको सम्वन्धि छलफल कार्यक्रममा बोल्दै सचिव खनालले सो कुरा बताउनु भएको हो ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना सफल भएमा मात्र कृषिको आधुनिकीकरण र व्यवसायीकरण सफल भएको ठहर्छ भन्दै सचिव खनालले सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई आधारमानी अगाडि बढ्न आग्रह समेत गर्नु भएको छ ।
सो कार्यक्रमका दातृ निकाय विश्व वैकका नेपाल स्थित उच्चअधिकृत पूर्ण क्षेत्री आयोजनाले गरेका गतिविधि र उपलब्धीहरुका बारेमा खुशी व्यक्त गर्दै यो आयोजना अनुकरणीय नौलो भएकोले यो आयोजना सफल हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीले सर्वेक्षण र विज्ञहरुको सल्लाह अनुरुप नै आयोजनालाई अगाडि बढाईरहेको भन्दै यस आयोजनाले साना तथा सिमान्तकृत बर्गका किसानहरुलाई लक्षित गरी उनीहरुलाई व्यवसायिक कृषि तर्फ उन्मूख गर्नका लागि आयोजनाले २५ जिल्लामा अनुदान उपलब्ध गराउँदै आइको बताउनु भयो ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २९, २०७०