शुक्रबार, बैशाख ७, २०८१

बाजुरामा वृृहत् कृषि मेला

बाजुरा, चैत । सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृृहत् कृषि मेला लाग्ने भएको छ । स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताए ।
सबै गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुका कक्ष राखिने छ । मेला आयोजनाका लागि रु एक लाख ५० हजार खर्च लाग्ने श्रेष्ठले बताए । । कृर्षि मेलामा खाद्य बाली, तरकारीबाली, फलफूलबाली, मसलाबाली, नगदेबाली र माछापालनको प्रतिष्पर्धा गरिने भएको छ । कृषिमा बाजुरा आत्मनिर्भर बन्नसक्छ भन्ने सन्देशसहित उत्पादनको स्थिति बुझ्न मेलाबाट मद्दत पुग्ने छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र १०, २०७३