शुक्रबार, चैत्र १६, २०८०

बागलुङबाट करोडको सुन्तला निर्यात

बागलुङ, ४ पुस । हरेक जिल्ला कुनै न कुनै पकेट क्षेत्रका रुपमा चिनिन थालेपछि बाग्लुङ्ग जिल्लाको सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको जिल्लाको बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयले जनाएको छ । tree organge

कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९०० मेट्रिकटन सुन्तलाबाट कृषकले करोडौँ रुपैयाँ गाउँ भित्र्याएका छन् । व्यापारीको कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्ताला खरिद गर्ने गरेका छन् ।
जिल्लाको अन्य क्षेत्रमा भन्दा बिहँु गाविसमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि कारोबार पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बिहँु गाविसमा रहेका १४ हजार ३०० सुन्तलताका बोटमध्ये पाँच हजार ३५४ बोटमा यो वर्ष सुुन्तला फलेको कार्यालयले कृषि अनलाईनलाई बताएको छ । एउटै बोटमा कम्तीमा ५० केजीदेखि पाँच क्विन्टलसम्म सुन्तला फल्ने गरेको बिहँुुका अगुवा कृषक बालानान्द कँडेलले बताए ।
बोटमा अझै सुन्तला बाँकी रहेकोले बिक्री अझै बढ्ने कुषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाविसभरिमा आठ हजार ९५८ नयाँ बिरुवा हुर्कंदै गरेका छन् । सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन जस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय कृषकले सुन्तलाको बगैँचा नै एकमुष्ठरूपमा ठेक्कामा दिने गरेको कृषि विकास कार्यालयका अधिकृत अधिकारीले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस ४, २०७०