शुक्रबार, चैत्र १६, २०८०

बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि 

सुर्खेत । बाँकेको डुडुवा गाउँपालिका–.५ कम्दीमा बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको बाख्राको रगतको ल्याब परीक्षणबाट पिपिआर भएको पुष्टि भएको हो । रोग पुष्टि भएपछि बाख्राको उपचार शुरु गरिएको गाउँपालिका पशु स्वास्थ्य शाखाप्रमुख अशोक पाण्डेले बताए । सो रोगबाट प्रभावित करीब १०० भन्दा बढी बाख्राको अहिले उपचार भइरहेको छ भने गाउँपालिका क्षेत्रमा रहेका करीब १५ हजार बाख्रालाई त्यस रोगविरुद्ध खोपसमेत दिन शुरु गरिएको शाखाप्रमुख पाण्डेले बताए । एक महीनाअघि बाख्रामा लागेको सो रोगबाट करीब ५० भन्दा बढी बाख्रा मरेका थिए ।

प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५