शनिबार, बैशाख ८, २०८१

बाख्रापालन गर्न नौ लाख सहयोग

सिन्धुली, चैत । जिल्ला पशुसेवा कार्यालयले रानीचुरी बाख्रा सोत केन्द्रलाई रु नौ लाख आठ हजार सहयोग गरेको छ । पशुसेवा कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले रानीचुरी बाख्रासोत केन्द्र समितिका अध्यक्ष रत्नबहादुर थापालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा साविकको रानीचुरी गाविसका १, २, ३ वडामा व्यावसायिक रूपमा बाख्रापालन गरी किसानलाई आत्मनिर्भर बनाउन सो सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख रामकुमार कार्कीले बताए । समूहमा आवद्ध सदस्यले खोर निर्माण, औषधि व्यवस्थापन, उन्नत जातको बोका तथा न्यूनतम १० वटा माउ बाख्रा पाल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ११, २०७३