मङ्लबार, बैशाख ११, २०८१

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

म्याग्दी, ८ माघ । जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बगँैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् ।
कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन गरेर बगैँचामा सिँचाइ गर्न पोखरी निर्माण अभियान सञ्चालन गरेका हुन् । पोखरीसँगै सुन्तला खेतीमा देखिने रोग किराको गाईभैँसीको गहुँत प्रयोग गरेर व्यवस्थापन गर्ने र गुणस्तरीय मल आपूर्ति गर्न भकारो सुधार अभियान पनि चलाइएको बाँसखर्कस्थित बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताए ।

प्रकाशित मिति: सोमवार, माघ ८, २०७४