शुक्रबार, चैत्र १६, २०८०

बाँदरबाट कृषक हैरान

म्याग्दी, २ पुस । पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ ।
बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेको छ ।
पाँच वर्षअघिसम्म नगन्यमात्रमा देखिने बाँदर त्यसपछिका वर्षमा हुलका हुल देखिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पु¥याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताए ।

प्रकाशित मिति: आइतवार, पुस २, २०७४