मङ्लबार, चैत्र ६, २०८०

बजेट सक्न कृृषि तथा पशु सेवामा धमाधम टेण्डर आव्हान

काठमाडौं, जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका अधिकांश कार्यालयहरुले बजेट फ्रिज हुने भन्दै जेठको दोस्रो सातामा आएर धमाधम टेण्डर खोल्न थालेका छन् । काम होस् या नहोस् टेण्डर प्रक्रिया अगाडि बढाउने र भुक्तानी दिईहाल्ने परिपाटी अहिले मात्र होइन विगतदेखि नै चल्दै आएको छ ।
त्यही प्रक्रियालाई निरन्तरता दिंदै कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मात्र होइन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मातहतका जोन सुपर जोनहरुले समेत १० महिना गर्न नसकेको कामलाइ दुई महिनामा नै सिध्याउने चटारो थालेका छन् ।
‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने जस्ता सूचना मूलगेटमा झुण्ड्याएर नीतिगत रुपमा नै भ्रष्ट बन्नका लागि यस्ता टेण्डरहरु खुल्ने गरेका छन् ।
विशेष गरी अनुदान दिने खालका कार्यक्रमहरुका लागि अहिले प्रत्येक दिन जसो टेण्डर आव्हान गरेका सूचनाहरु देख्न सकिन्छ । आर्थिक वर्ष शुरु भएदेखि अहिलेसम्म विवादमा आईने आफू अनुकूल स्वार्थ पूर्ति गर्न नपाई भएकै कारण जेठमा आएरु यस्ता टेण्डर शुरु गर्ने गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय श्रोतले बताएको छ ।
चालु आर्थिक वर्षमो १० महिना टेण्डर खरिद गर्नका लागि के ले रोक्यो अव अहिलेसम्म अन्तिनमा आएर अस्वस्थ प्रतिष्पर्धा गराउने र सरकारी बजेट सिध्याउने खेलका लागि यस्ता टेण्डरहरु खुल्ने उनको आरोप पनि थियो । जेठमा आएर सार्वजनि गरिएका यस्ता बोलपत्र आव्हानहरुलाई तुरुन्तै रोक्का गर्नु पर्ने कृषि विज्ञहरुको भनाई छ । यति त्यसो नगरिए सरकारी ढुकुटी सकिने मात्र होइन गुणस्तरीय सामग्री पनि पाउन विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १०, २०७६