शुक्रबार, चैत्र १६, २०८०

बजेटमा आधुनिक कृषिलाई पहिलो प्राथमिकता

Krishna-bahadur-maharBudget-2074_75

काठमाडौं, जेठ । अर्थ मन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ का लागि वजेट प्रस्तुत गर्दै मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा ३० प्रतिशत योगदान गर्ने र दुई तिहाई नेपालीको प्रमुख पेशाका रुपमा रहेको कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकीकरण नभई मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार नहुने भन्दै कृषि क्षेत्रलाइ आधुनिकीकरण गर्दै उत्पादन बृद्धि गर्ने गरी कार्यक्रा ल्याएको बताएका छन् । कृषि क्षेत्रको एकीकृत विकास गर्न कृषि विकास रणनीतिले पहिचान गरेका कार्यक्रमहरुलाई बजेटले प्राथमिकता दिएको छ । त्यसैगरी कृषि प्रणालीलाई वैज्ञानिक, व्यवसायिक र वातावरण तथा जलवायु अनुकूलित बनाउदै आर्थिक बृद्धिको दिगो आधार तयार गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।
आन्तरिक उत्पादन र आर्थिक बृद्धि नैको दिगो आधार नै आधुनिक कृषि भएको भन्दै बजेटले स्थान विशेषको तुलनात्मक र प्रतिष्पर्धी लाभमो उत्पादन पहिचान गरी उत्पादनका साधनहरुको समुचित वितरणको माध्यमबाट कृषि उत्पादन बृद्धि गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४