मङ्लबार, बैशाख ११, २०८१

बजारमा पाईदैन डिडिसीको ध्यू

ddc ghee

काठमाडौं, कार्तिक । उपत्यका लगायतका बजारमा स्वामी रामदेवको संस्थाले उत्पादन गरेको ध्यूका कारण नेपाली डेरी उद्योगीले उत्पादन गरेको ध्यू विक्री नहुंदा करोडौंको ध्यू आफूहरुसंग स्टक रहेको भन्दै भारतबाट आयात गरिने ध्यू रोक्न डेरी उद्यमीहरु रोइकराई गर्न थालेका छन् । नेपाल उत्पादन गरिएको ध्यू भन्दा रामदेवको संस्थाले उत्पादन गरेको ध्यू नेपालमा सस्तोमा विक्री भएकाले नेपाली डेरी उद्योगहरुले उत्पादन गरेको ध्यू विक्न छाडेको छ ।
अर्को तर्फ आम उपभोक्ताहरुले दुग्ध विकास संस्थानले उत्पादन गरेको डिडिसी ध्यू नै बढी माग गर्ने गरिएको भएपनि डिडिसीले कारखानामा नै स्टक थन्क्याएर राखेका कारण बजारमा डिडिसीको ध्यू पाउन मुश्किल देखिन्छ । डिडिसीले उपभोक्ताहरु माझ ध्यू सहज उपलब्ध गराउन पहल नगर्दा दुग्ध विकास संस्थानको कारखाना भित्रै पनि करोडौंको ध्यू थन्किएर बसेको संस्थानले नै बताईरहेको छ ।-ज्ञानीमाया गलान

प्रकाशित मिति: आइतवार, कार्तिक १, २०७२