शुक्रबार, चैत्र १६, २०८०

फौजी किराको प्रकोप, धानबालीमा क्षति

वाँके, असोज । बाँकेमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु¥याएको छ ।
फौजी किराको प्रकोप बढेको किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्र र डुडुवा गाउँपालिकाका कृषि प्राविधिकले किसानका धानखेतको अनुगमन गरेका थिए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार, डुडुवा गाउँपालिकाको हिरमिनिया र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र बिनौनामा फौजी किराको बढी प्रकोप देखिएको छ । झण्डै ५ देखि ८० प्रतिशत धानबाली फौजी किराले नोक्सान गरेको ढकालले बताए ।
अनुगमनका क्रममा टोलीले किसानलाई फौजी किरा मार्न विषादीसमेत दिएको छ । साथै किसानलाई फौजी किराको प्रकोप रोकथामका लागि धानबालीमा मट्टीतेल छर्किन, खेतमा पानी हाल्न र पाकेको धान काट्नका लागि सुझावसमेत दिएको ढकालले बताए ।

प्रकाशित मिति: शुक्रबार, अशोज २४, २०७६