शनिबार, बैशाख ८, २०८१

फेरि विभाजन गराईयो कृषि विकास मन्त्रालयलाई


काठमाडौं, साउन । सत्ता साझेदारी दलहरुका लागि मन्त्री पद मिलान गर्नका लागि फेरि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई विभाजन गरिएको छ । विहिबार बसेको मन्त्रीपरिषद्को वैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय अनुरुप कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई विभाजन गरी कृषि तथा पशुपन्छी मन्त्रालय र भूमिव्यवस्था तथा गरिवी निवारण मन्त्रालय बनाइएको छ ।
विगतमा पनि केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला सत्ता साझेदारहरुलाई मन्त्री पद मिलान गर्नका लागि कृषि विकास मन्त्रालय विभाजन गरी कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय बनाइएको थियो ।
मन्त्रालय विभाजन पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाणी खनालले लिने भएका छन् भने भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी पद्यमा अर्याललाई दिने तयारी गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन १०, २०७५