मङ्लबार, चैत्र ६, २०८०

फेरि पनि कृषि मन्त्रालय माओवादीलाई नै

काठमाडौं, साउन । नेपालीमा एउटा उखान छ ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ’ । त्यही उखान नेपाली कांग्रेस पार्टीको मन्त्रालय लिने दिने क्रममा लागू हुन्छ । कृषि विकास मन्त्रालयलाई हेर्ने दृष्टिकोणमा नेपाली कांग्रेसको नेतृत्व पंक्ति कहिल्यै पनि सकारात्मक देखिएन । कुनै बेला रामचन्द्र पौडेल कृषि मन्त्री भएदेखि अहिलेसम्मको समयावधिलाई हेर्ने हो भने नेपाली कांग्रेसको सवैभन्दा मन नपर्ने मन्त्रालय सायद कृषि विकास मन्त्रालय हुनु पर्दछ । त्यसैले जव सत्तामा नेपाली कांग्रस पुग्ने गर्दछ तव उसले कृषि विकास मन्त्रालयलाई छाड्ने गर्दछ ।
अघिल्लो सरकार गठन प्रक्रियामा पुष्पकमल दाहालले सरकारको नेतृत्व लिनेक्रममा नेपाली कांग्रेसले कृषि विकास मन्त्रालय लिन्छ कि भन्ने आशा थियो । र धेरैले भनेका थिए कांग्रेसको नेतृत्वको बुद्धि पलाएछ । तर त्यो भएन कृषि मन्त्री गगन थापालाई बनाउने हल्ला कांग्रेसले नै झ्याली पिटायो र स्वास्थ्य मन्त्री बनायो ।
अहिले शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएका छन् तर पनि कृषि विकास मन्त्रालय आफ्नो भागमा राखेनन् । यसको प्रमुख कारण भौतिक मन्त्रालय जस्तो ताजा नोटका विटा कृषि छाप्न नपाईने भएकाले त्यसो भएको नेपाली कांग्रेसकै किसान नेताहरुको आरोप लागेको छ । कृषि विकास मन्त्रालयका विभिन्न परियोजनामा आफ्ना कार्यकर्ताहरुलाई अनुदान माग्ने जाने कांग्रेसका नेताहरुले मन्त्रालय आफूहरुले लिनु पर्ने कुरा कहिल्यै पनि गरेरन् । यसको प्रमुख कारण कृषिमा दाम छैन । कांग्रस नेतृत्वले उही रामचन्द्र पौडेल कृषि मन्त्री भएकै बजेटलाई अहिलेसम्म हेरिरहेको छ । त्यसकारण पनि ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ’ भन्ने उखान सो पार्टीलाई मिल्न गएको देखिन्छ ।
सत्ता साझेदारीका लागि अहिले पनि माओवादी केन्द्रले धेरै नै बुद्धि पु¥याएर कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय आफ्नो भागमा राख्न सफल भएको छ । माओवादीले तल्लो तहसम्मका जनतासम्म पुग्ने गतिलो माध्यम कृषि विकास मन्त्रालय हो र किसानसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि कृषि विकास मन्त्रालय माओवादीको रोजाईमा परेको छ ।
अझ अर्को महत्वपूर्ण कुरा के हो भने कृषि विकास मन्त्रालयको कर्मचारीतन्त्रमा पनि एमाओदी केन्द्रको शक्ति अत्यन्तै थोरै छ । जसको प्रभाव बढाउनका लागि पनि माओवादीले कृषि विकास मन्त्रालय रोजेको छ । अहिले किसान आयोग गठन गर्न सफल भएको माओवादी केन्द्रले अध्यक्षमा आफनै मान्छे राख्न पाएको छ । भने कृषि विकास मन्त्रालयले उपलब्ध गराउने ठूला हुन् वा साना परियोजनाहरु मार्फत आफूलाई स्थानीय तहसम्म पु¥याउनका लागि कोशे ढुङ्गाका रुपमा कृषि विकास मन्त्रालयलाई लिएको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीले जुन किसिमले मत परिणाम आएको छ । त्यसलाई भविष्यमा दीर्घकालिन रुपमा स्थापित गर्नका लागि पनि र कृषि मार्फत ठूलो भोट वैंक निर्माण गर्न सकिन्छ भन्ने सोचले पनि माओवादी केन्द्रले कृषि विकास मन्त्रालय हरेक पटक सरकारका पुग्यो भने माओवादी केन्द्रले कृषि विकास मन्त्रालय रोज्ने काम गर्दछ ।
पछिल्लो समयमा दुई पटक कृषि विकास मन्त्रालय सम्हालेको माओवादी केन्द्रले कृषि विकास मन्त्रालयलाई राम्रैसँग उपयोग गर्न सकेको छ । त्यसैले पनि यसपटक पनि कृषि विकास मन्त्रालय माओवादीले नै लिएको माओवादी निकट किसानका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७४