मङ्लबार, बैशाख ४, २०८१

फलफूलको बिरुवा वितरण

पाल्पा, असार २२ । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा कागती, जुनार, सुन्तला, लिची, आँप र कटहरका बिरुवा वितरण गरेको हो ।
एकसय हेक्टर क्षेत्रफलका लागि ३५ हजार लिचीका बिरुवा र ४० हेक्टर क्षेत्रफलका लागि कटहरका छ हजार बिरुवा वितरण गरिएको बागवानी विकास अधिकृत निशा कँडेलले जानकारी दिइन् । कृषकको मागका आधारमा जिल्लामा तीन हजार आँपका बिरुवासमेत उपलब्ध गराएको छ । कृषि सेवा केन्द्र र सम्पर्क केन्द्रमार्फत फलफूलका बिरुवा वितरण गरिएको हो ।

प्रकाशित मिति: बिहिबार, असार २२, २०७४