मङ्लबार, बैशाख ११, २०८१

प्रधानमन्त्री भन्छन् : कृषिमा युवालाई आकर्षित गर्नु पर्छ

झापा, पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा गुणात्मक ढङ्गले उत्पादन वृद्धि गरी युवालाई आकर्षित गराउने सरकारको नीति रहेको बताएका छन् । झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान–सुपर जोन कार्यक्रमको उद्घाटन गर्दै उनले कृषि क्षेत्रको विकास गर्नकै लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको बताए । dana
धानको सुपरजोन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले कृषि उत्पादन वृद्धिका लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको चर्चा गर्दै कैलालीमा गहुँ र झापामा धानका लागि सुपर जोन कार्यक्रम सुरु भइसकेको बताए । कृषि क्षेत्रमा क्रान्ति ल्याउन नै सातवटै क्षेत्रमा सुपर जोन घोषणा भएको र यसलाई सफल बनाउन कृषि मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं उनले कृषि क्षेत्रको विकासका लागि प्रविधिलाई एकत्रित गरी अगाडी बढ्न कृषि विकास मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
प्रधानमन्त्री दाहालले विगतको भन्दा अहिले केही उत्पादकत्व बढेकामा खुसी व्यक्त गर्दै कृषि उत्पादनको वृद्धिले नै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकास हुने बताए ।

प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७३