बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्री ज्यू कसले रोप्ने किम्वु ?

काठमाडौं, चैत्र । कृषि विकास मन्त्रालयको प्राथमिकतामा किम्वु खेती नपरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने कान्ला कान्लामा किम्वु खेती अभियान चलाउनु पर्ने बताएका छन् । एमाले निकट अखिल नेपाल किसान महासङ्घको छैटौं राष्ट्रिय महासम्मेलनलाई उद्घाटन गर्ने क्रममा ओलीले सो कुरा बताएका हुन् । रेशम खेती विकासका लागि कृषि विकास मन्त्रालय मातहतमा व्यवसायिक कीट विकास निर्देशालयल स्थापना गरिएको भएपनि सो निर्देशनालयले खासै प्रगति गर्न सकेको देखिंदैन । यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको रेशम खेती अभियान चलाएर मुलुकलाई कपडामा आत्मनिर्भर बनाउने सपना साकार होला त ?

cg]lsdsf] 5}6f}F dxf;Dd]ng sf7df8f}Fdf z'qmaf/ cfof]lht clvn g]kfn ls;fg dxf;ª3sf] 5}6f}F dxf;Dd]ngdf ;Daf]wg ub}{ g]skf -Pdfn]_sf cWoIf tyf k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

एकातिर रेशम खेतीका लागि आधारभूत आवश्यकता नै नभएको भन्दै व्यवसायिक कीट विकास निर्देशनालय नैे खारेज गर्नु पर्ने अवस्था रहेको अभिव्यक्ति निर्देशनालयका प्रमुखले दिईरहेका छन् । भने अर्कोतिर देशका प्रधानमन्त्री रेशम खेतीको अभियान चलाउने भाषण दिईरहेका छन् । रेशम खेती अभियानका लागि अव कसले रोप्ला त किम्वुको विरुवा ? कृषि विकास मन्त्रालय मातहतको विषयगत कार्यालय प्रमुख त कार्यालयको औचित्य नै समाप्त भएको बताउदै हिडिरहेका छन् भने यो अवस्थामा किम्वु खेती कसले गर्ने ? कि अखिल किसान महासंघ नै अघि सर्ने त होइन ! यी दुई कुराको समन्वय कसरी हुन सक्ला ? के नेपालमा प्रधानमन्त्रीले भाषण गरे जस्तै किम्बु खेती अभियान चल्ने र कपडामा मुलुक आत्मनिर्भर बन्ने तर्फ लाग्ला त ? रेशक खेतीको विकासका लागि सो कार्यालयमा कार्यारत कर्मचारीहरुको अवस्था के छ वा जनशक्ति कस्ता छन् भन्ने कुरा पनि एक पटक हेर्ने कि ?

प्रकाशित मिति: आइतवार, चैत्र २८, २०७२