शुक्रबार, चैत्र १६, २०८०

प्रदेश नंं. १ को प्रदेश सभा वैठकमा विषादीको चर्चा

विराटनगर, वैशाख । तरकारी तथा फलफूलमा विषादी प्रयोग बढ्न थालेपछि जताजतै विषादी प्रयोगका विपक्षमा निर्णय हुन थालेका छन् । यही क्रममा प्रदेश नं. १ को विहिबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।
जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताए । प्रदेश नं १ मा छिमेकी मुलुक भारतबाट आयात गरिने तरकारी तथा फलफूलको गुणस्तर मापनका लागि विगतदेखि नै कार्यथालनी भएको भने होइन ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का सचिव डा. हरिबहादुर केसी अनुसार तरकारी तथा फलफूलमा विषादी प्रयोग न्यूनिकरण गर्ने अभियान निरन्तर भएको बताए । उनले झापाको विर्तामोडको तरकारी बजारमा विषादी द्रूत विश्लेषण केन्द्र सञ्चालन भईरहेको र चालु आर्थिक वर्षमा विराटनगरमा पनि विषादी द्रूत विश्लेषण केन्द्र स्थापना गर्न लागिएको समेत बताए ।

प्रकाशित मिति: बिहिबार, बैशाख ६, २०७५