शुक्रबार, चैत्र १६, २०८०

२७ वर्षमा को को भए २९ कृषि मन्त्री ?

ministry-of-agricultureकाठमाडौं, साउन  । २०४६ सालको आन्दोलनले निरंकुश पञ्चायती शासनलाई ढाल्यो । पञ्चायन शासनकालसम्मलाई हेर्ने हो भने नेपालको प्रमुख बाली धान थियो र अहिले पनि छ । तर त्यसबेला नेपालमा उत्पादन भएको धान निर्यात हुन्थ्यो भने अहिले अवौंको धान आयात गर्नु परिरहेको छ । धान उत्पादकत्व बढाउनु खाद्य सुरक्षका हिसावले पनि महत्वपूर्ण देखिन्छ । पञ्चायत शासन ढलेपछि नेपाली किसानका पक्षमा निकै नै काम हुन्छ भनिएको थियो ।
किसानका लागि आवश्यक मल, बीउ सिंचाई सुविधा पर्याप्त हुन्छ भनिएको थियो पनि तर उतिबेला दिइएका आश्वासनहरु आकाशको फल आँखा तरी मर भने जस्तै भयो । प्रजातन्त्र आएलगतै पहिलो कृषि मन्त्रीका रुपमा शपथ लिएका झलनाथ खनाल मुलुकको प्रधानमन्त्री बनिसकेका छन् भने हालसम्म कृषि विकास मन्त्रालयले प्रजातन्त्र प्राप्ति पछिको २७ वर्षको अवधिमा २९ वटा मन्त्री पनि पाएको छ ।
को को भए कृषि मन्त्री
पहिलो : झलनाथन खनाल
दोस्रो : स्व. शैलजा आचार्य
तेस्रो : रामचन्द्र पौडेल
चौथो : राधाकृष्ण मैनाली
पाँचौ : डा प्रकाशचन्द्र लोहनी
छैठौं :स्व पद्म सुन्दर लावनी
सातौं : कमल थापा
आठौं : चक्र प्रसाद बास्तोला
नवौं : बलदेव शर्मा मजगैया
दशौं : महेश आचार्य
एघारौं : होमनाथ दाहाल
बाहौं : महन्थ ठाकुर
तेहौं : बद्रीप्रसाद मण्डल
चौधौं : किर्तिनिधि विष्ट (उपाध्यक्ष)
पन्ध्रौं : केशरबहादुर विष्ट
सोहौं : छविलाल विश्वकर्मा
सत्रौं : जयप्रकाश प्रसाद गुप्ता
अठारौं : नन्दनकुमार दत्त
उन्नाइसौं: मृगेन्द्र कुमार सिंह
बीसौं : हरिनारायण यादव
एक्काइसौं : इकबाल अहमद खाँ
बाइसौं : ईश्वर पोख्रेल (उपप्रधानमन्त्री)
तेइसौं : डा बाबुराम भट्टराई (प्रधानमन्त्री)
चौविसौं : टेकबहादुर थाप घर्ती
पच्चीसौं : हरिप्रसाद पराजुली
छब्विसौं : बामदेव गौतम (उपप्रधानमन्त्री)
सत्ताइसौं : हरिवोल प्रसाद गजुरेल
अठ्ठाइसौं :गौरीशंकर चौधरी
उनान्तीसौं : रामकृष्ण यादव
प्रजातन्त्र प्राप्ति पछिका २७ वर्षमा कृषि विकास मन्त्रालयले २९ वटा कृषि मन्त्री पाएको छ । यी २७ वर्षको अवधिमा नेपाली कृषि क्षेत्रमा के के परिवर्तन भए र उपलब्धी के भए भन्ने कुरा अव चर्चा र वहशको विषय बनाउनु आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४