शुक्रबार, चैत्र १६, २०८०

पूर्व कृषि सहायक मन्त्री ढुंगेलको निधन

काठमाडौं, चैत्र । पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ ।ramhariबेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो । उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । अविवाहित ढुंगेल लामो सयमदेखि डिल्लीबजार बाटुलेघर पछाडि एक्लै बस्दै आएका थिए ।
राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए र अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएको थियो । अस्पतालबाट फर्केका उनी कोठामा पुगेर सुतेका थिए । उनको अहिले विहान मात्र मृत्यु भएको नेपाली कांग्रेका नेता अर्जुन केसीले बताएका छन् । अहिले ढुंगेलको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ ।
विद्यार्थी संघदेखि कांग्रेसका विभिन्न तहमा बसेर उनले राजनीति गर्दा अनेकौं पटक जेलजीवन भोगेका ढुंगेल २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति: बिहिबार, चैत्र ३, २०७३