शुक्रबार, बैशाख ७, २०८१

पूर्व कृषि एवं प्रधानमन्त्रीद्धय खनाल र भटराई विजयी

काठमाडौं, २४ मंसिर । प्रजातन्त्र आए लगतै कृषि मन्त्री बनेका पूर्व प्रधानमन्त्री एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं.१ बाट प्रतिनिधिसभाका लागि विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन् ।
खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ,
त्यसैगरी गणतन्त्र प्राप्ति पछिको दोस्रो प्रधानमन्त्रीका रुपमा रहँदा कृषि विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्व कृषि एवं प्रधानमन्त्री बाबुराम भटराई पनि गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ निर्वाचित भएका छन् । उनले ३२हजार १ सय ९७ मत प्राप्त गरेका छन् भने उनकाल प्रतिष्पधी माओवादी केन्द्रका नारायणकाजीले २४ हजार १ सय ३३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४