बिहिबार, बैशाख १३, २०८१

पुष्प व्यवसायी संघलाई करोडौ अनुदान, मन्त्रालय भित्रैबाट नीतिगत भ्रष्टाचार

काठमाडौं, मंसिर ।पुष्प व्यवसायलाई प्रवद्र्धन गर्नका लागि भन्दै कृषि विकास मन्त्रालयले बार्षिक करोडौं लगानी गरिरहेको छ । तर कृषि विकास मन्त्रालयले गरेको करोडौं लगानी सिमित व्यक्तिको कब्जा भन्दा बाहिर जान सकेको छैन । तर पुष्प व्यवसायमा संलग्न रहेको मोफसलका व्यवसायीहरुले आफ्नै बलबुतामा ऋण खोजेर भएपनि करोडौं लगानी गरेको देखिन्छ । राजधानीको छिमेकी जिल्ला धादिङमा मत्र हेर्ने हो भने पनि करनेसन, स्टाटीस, गडेक्स, जलभेरा जस्ता विदेशी जातका फूलको ब्यवसायीक खेती गर्न थालिएको छ ।fan-logo
बजारमा माग बढेसँगै धादिङका स्थानीयले यस प्रकारका फूलको ब्यवसायिक खेती सुरु गरेका हुन् ।सामान्य किसानले ठूलो लगानी गर्न नसक्ने भन्दै सामूहिक रुपमा धादिङको नौविसेमा यस प्रकारका जातका फूलको खेती थालिएको हो ।
नेपालमा फूल खेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएपछि धादिङका किसानले काठमाडौको बजारलाई लक्षित गरी विदेशी प्रजातीका फूलको खेती गर्न थालेका हुन् ।
चार वर्ष अघिदेखि करिब आठ करोडको लागतमा सुरु गरेको ब्यवसायीक विदेशी फूल खेतीबाट किसानले बल्ल आम्दानी लिन थालेका छन् ।
पुष्प व्यवासायीहरुको छाता संगठनका रुपमा रहेको पुष्प व्यवसायी संघ(फ्यान)लाई मात्र गत बर्ष कृषि विकास मन्त्रालयले व्यवसाय प्रवद्र्धन गर्नका लागि ५ करोड २५ लाख उपलब्ध गराएको थियो । त्यत्ति धेरै रकम उपलब्ध गराएको भन्दै मन्त्रालय भित्र विवाद पनि भएको थियो । सो संस्थाले प्रर्दशनीका नाममा करोडौं रुपैयौं खर्च गरेको देखाउने गरेको छ । सो संस्थाले कृषि विकास मन्त्रालयबाट अनुदानका रुपमा लगेको ५ करोड २५ लाख रुपैयां अनियमितता भएको समाचार कृषि अनलाईनले सार्वजनिक गरेपछि कृषि विकास मन्त्रालयले करीव ३ करोड रुपैयां भुक्तानीमा रोक्का गरेको थियो । गत बर्ष ३ करोड रोक्का गरेको कृषि विकास मन्त्रालय चालु आर्थिक बर्षमा फेरि सो संस्थालाई पुन करोडौं अनुदान उपलब्ध गराउन बजेट विनियोजित गरेको छ । सो रकमलाई नीतिगत रुपमा भ्रष्टाचार हुने गरेको कृषि विकास मन्त्रालयकै उच्च अधिकारीहरु बताउंछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७३