बिहिबार, बैशाख १३, २०८१

पुष्प प्रवद्र्धन कार्यक्रमका नाममा ब्रम्हलुट

अनुदान दुरुपयोग फलो अप-

काठमाडौ, माघ । निजी साझेदारीका कार्यक्रममा नाममा कृषि विकास मन्त्रालयले पुष्प व्यवसाय प्रवद्र्धन गर्ने भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपाललाई दिएको रकममा हिनामिना हुंदा समेत मन्त्रालयका पदाधिकारीहरुलाई मामको धन फुपुको श्राद्ध जस्तै भएको छ । गत बर्ष ५ करोड २५ लाख रुपैयां उपलब्ध गराएको कृषि विकास मन्त्रालयले चालु आर्थिक बर्षको लागि पनि ४ करोड ७४ लाख उपलब्ध गराउंदा पनि पुष्प प्रर्वद्धनको सट्टा पदाधिकारी र कर्मचारीको प्रवद्र्धन भएको हो कि भन्ने आशंका देखिन्छ । fan-logoनेपाल सरकारको रकम हात परेपछि जे गरेपनि हुन्छ भन्ने मानसिकताले ग्रसित गरेकै कारण पुष्प व्यवसाय गर्दै आईरहेका व्यापारीहरुको संस्थालाई कृषि विकास मन्त्रालयका पदाधिकारीहरुकै मिलमतोमा बजेट विनियोजन गरेको देखिन्छ । गतबर्षदेखि नै सो एशोसिएसनले गरेको कामको उपलब्धी देखिएको छैन । धोविखोला किनारामा बनस्पति रोपण तथा संरक्षण गर्ने नाममा काम नै नगरी बजेट निकास गरिएको देखिन्छ । यस्तो धेरै कार्यक्रमहरु गर्दै नगरी प्रतिवेदन तयार गरी मन्त्रालयका पेश गरी निकास लैजाने गरेको तथ्य लुकेको छैन । मन्त्रालयले भनेका कामहरुको नीति नियम नियमलाई माने जस्तै गरी कागजी रुपमा तयार गरी व्यवहारमा भने लागू गरेको देखिंदैन । गत बर्षकै कार्यक्रमको नाम राखेर यो बर्षपनि बजेट
स्वीकृत गराएको छ ।
पहिलो चौमासिकमा गर्नुपर्ने भनिएका कार्यक्रम नभएको सन्र्दभमा एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बैशाख जेठसम्ममा काम सक्ने बताए । पहिलो चौमासिकमा गर्नु पर्ने काम तेस्रो चौमासिकमा सिध्याउछु भन्दै उनले गैर जिम्मेवारी ढंगले मिडियालाई कामको चासो नभएको बताए । मन्त्रालयले दिएको सरकारी रकमको दुरुपयोग भएको विषयमा कुरा गर्दा उनले मन्त्रालयमा गएर कुरा गर्नोस् भन्दै एशोसिएसनको कामका बारेमा आलटाल गर्ने प्रयास गरेका छन् । सयपत्री उत्पादनमा आत्मनिर्भर कार्यक्रमका लागि २ रोपनी जग्गामा बासको टनेल निर्माण गर्नका लागि लागत मूल्य भन्दा आठ गुणा बढी रकम तयार गरी स्वीकृत गराएको समेत देखिन्छ । सो संस्थाले सरकारी रकमबाट गर्न लागेको खर्चका बारेमा टनेल निर्माण गर्ने कम्पनीहरुसंग जानकारी लिंदा दुई रोपनीमा टनेल मात्र होइन थोपा सिंचाई गर्दा समेत ३ लाख भन्दा बढी नलाग्ने बताए । जवकी तीन लाख मूल्यमा जडान हुने टनेलाका लागि सो संस्थाले आािर्थक अनियमितताकै लागि २२ लाख ५० हजार गर्न गर्न लागेको देखिन्छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले कृषि विकास मन्त्रालयको बजेटमा गरेका काम र खर्चका बारेमा अनियमितता देखिएपछि कृषि विकास मन्त्रालयल व्यवसाय प्रर्वदन शाखा प्रमुख को नेतृत्वमा फिल्ड अनुगमनमा गएको भएपनि सो अनुगमनमा समेत अध्यक्ष कसुज नगई अरुलाई नै पठाएका थिए । यसले मन्त्रालयका उच्च कर्मचारीहरुलाई समेट अटेर गरेको एशोसिएन कै एक पदाधिकारीले बताए । कसजुले कसैले पनि नटेर्ने गरेको समेत उनले बताए । पछिल्लो समयमा कसुज अध्यक्ष भएर आएदेखि नै संस्थाभित्र पनि कृषि विकास मन्त्रालयबाट बजेट निकासा र त्यसको वितरण प्रक्रिया, लागत साझेदारीमा व्यवसायको विकास तथा विस्तार कार्यक्रमको अनुदानमा आफू निकटक व्यक्ति केन्द्रित भएकोले मन्त्रालयको बजेट सहि रुपमा प्रयोग हुन नसक्नेमा आशंका व्यक्त गरे । आफूले लगानी गरेको रकम दुरुपयोग हुनेदेखिएपछि कृषि विकास मन्त्रालयले रकम निकासी रोक्ने काम गर्न तर्फ लाग्ने हो कि ? – धिरेन्द्र बस्तेत

प्रकाशित मिति: आइतवार, माघ २, २०७३