शुक्रबार, चैत्र १६, २०८०

पुतलीबजार नगरपालिकाले बनायो कृषि सडक

स्याङजा,२१ पुस । पछिल्लो समयमा कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढ्न थालेपछि परम्परागत कृषिलाई विस्तारै परिवर्तन गर्दै व्यवसायिक कृषि खेती सञ्चालन गर्न थालिएकाले जिल्ला जिल्लामा स्थानीय निकायको बजेट कृषिमा पनि लगानी हुन थालेको छ । स्याङजा जिल्लाको पुतलीबजार नगरपालिकाले पनि किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई सहज रुपले बजारीकरण गर्न सकियोस् भन्ने हेतुले नगरपालिकामा कृषि सडकका लागि बजेट नभएको भएपनि जगेडा कोषबाट भएपनि केही कृषि सडक निर्माण गरिएको पुतलीबजार नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले कृषि साप्ताहिकलाई जानकारी दिएका छन् । Aruchour
कार्यकारी अधिकृत नागिलाका अनुसार सो क्षेत्रमा सुन्तलाको खेती प्रशस्त हुने भएकाले पनि कृषि सडकको अभावका कारण किसानहरुले उचित मूल्यमा सुन्तला विक्री गर्न पाएका थिएनन् । अहिले नगरपालिकाले जगेडा कोषबाट पुतलीखेत उनियाचौर कृषि सडक, मायाटारी बेलबास विफ्रेठूला पँधेरा खर्सु जस्ता कृषि सडक निर्माण गरेपछि यतिखेर किसानहरुलाई कृषि उत्पादन बजारीकरण गर्न सजिलो मात्र होइन विगतको भन्दा बढी आम्दानी समेत भएको छ ।
नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा नौ करिव विताएका कार्यकारी नागिलाले कृषि क्षेत्रको विकास लागि गरेको पहलप्रति सो क्षेत्रका किसानहरु दङ्ग परेका छन् ।

 

प्रकाशित मिति: आइतवार, पुस २१, २०७०