शनिबार, बैशाख ८, २०८१

पिप्लेका १२ जना कोरिया सेमाउल तालिममा

 

koriya

काठमाडौं, २८ फागुन । पुर्वी चितवनको पिप्ले नमुना सेमाउल गाउँका १२ जनाको टोलि कोरियाको २ हप्ते सेमाउल अन्तराष्ट्रिय तालिममा सहभागी हुन जाने भएका छन् । कोरिया सेमाउलले बिकासमा परिपक्क अगुवाई क्षमता अभिबृद्धि गराउने उद्धेश्यले तालिम दिने भएको हो । टोलीलाई यहि मार्च ११ देखि २४ तारिख सम्म सेमाउल अन्तराष्ट्रिय तालिम दिने भएको नेपाल सेमाउलका अध्यक्ष्य नबराज पन्तले जानकारी दिनुभयो । भ्रमण टोलीमा ६ जना सेमाउल सहकारीका किसानहरु , ३ जना शिक्षकहरु , १ जना पिप्ले नमुना गा. बि . स . का कर्मचारी , १ जना नेपाल सेमाउल केन्द्रिय कमिटिका सचिब र १ जना कोइका स्वयम् सेवक समाबेस छन् । तालिम पछि पिप्लेका सेमाउल अगुवाहरुले पिप्ले भ्रमण गर्न आउने नेपालका कृषि भ्रमण टोलीलाई पिप्लेमा सेमाउल तालिम दिन सक्ने क्षमता विकास हुने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २८, २०७०