शुक्रबार, बैशाख ७, २०८१

पाडापालन कार्यक्रम सुरु

चितवन । पशुपालन तर्फ युवाहरु समेत आर्कर्षित भईरहेका बेला जिल्ला पशुसेवा कार्यालयले भने पाडा पालन कार्यक्रम शुरु गरेको छ । चितवनमा भैँसीको सङ्ख्या घट्न थालेपछि पाडापालन कार्यक्रम सुरु गरेको पशुसेवा कार्यालयले जनाएको छ ।
चितवन जिल्लामा पहिलो पटक यस वर्षबाट पाडापालन कार्यक्रम सुरु गरेको हो । जिल्लामा अहिले गाईपालन भए पनि व्यावसायिक भैँसीपालन नभएको र संरक्षणमा पनि कसैको ध्यान जान नसकेकाले भैँसीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । त्यसैलाई मध्येनजर गर्दै सरकारको नीतिअनुसार यस्तो कार्यक्रम सुरु गर्न लागिएको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७०