बुधबार, बैशाख १२, २०८१

पहिलो पशु बिमा कार्यक्रम अलपत्र

सुर्खेत, २४ फागुन । पश्चिम नेपालमै पहिलो पटक यहाँको साटाखानीमा सुरु गरिएको पशु बिमा कार्यक्रम निस्क्रिय बनेको छ ।

बिमा कार्यक्रमका बिमा उपसमिति संयोजकको निधन भएको र किसानले पनि मासिक रूपमा उठाउनुपर्ने रकम नियमित रूपमा नउठाएका कारण कार्यक्रम निस्क्रिय बनेको हो । बिमा कार्यक्रम सञ्चालन गरेको स्थानीय राधाकृष्ण सहकारी संस्थाले किसानहरूबाट मासिक रूपमा उठाउनुपर्ने रकम नियमित रूपमा नउठेको र बिमा उपसमितिका संयोजकको निधन भएकाले कार्यक्रम निस्क्रिय भएको बताउनुभयो ।
पशु बिमा कार्यक्रम सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यालय सुर्खेतले सुरुमा रु ५० हजार दिएको थियो । बिमा कार्यक्रम निस्क्रिय भएपछि पहिलो पटक पशु बिमा गरी चर्चामा आएका साटाखानीका पशुपालक किसानहरू भने निराश भएका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २४, २०७०