बुधबार, बैशाख १२, २०८१

पहिलो पटक मेसिनले धान काट्यो

सिरहा, ७ पुस । नेपाली कृषि क्षेत्रलाई आधुनिकीकीकरण गर्दै यान्त्रिकीकरणलाई जोड दिईरहेको अवस्थामा सिरहाको सम्पैत बीउ उत्पादन तथा बिक्री केन्द्र सन्हैठाले जिल्लामा पहिलोपटक मेसिनको प्रयोग गरी धान काटिएको छ ।

सिरहा सदरमुकामस्थित थाना चौकमा केन्द्रले लिजमा लिएको जग्गामा लगाइएको धान पहिलोपटक मेसिनबाट काटिएको हो । मेसिन प्रयोग गरेर धान काट्दा हेर्नेहरूको घुइँचो लागेको थियो । हेर्नका लागि खेतमा पुगेका सिरहा नगरपालिकाका दिनेश यादवले वैदेशिक रोजगारीका कारण कामदारको अभावमा धान काट्न हम्मेहम्मे भइरहेको बेला जिल्लामा भित्रिएको मेसिनले किसानलाई सहज बनाउने विश्वास व्यक्त गरे । krishilogo
सोना, मन्सुली, सोना मन्सुली, कान्छी, हर्दिनाथ लगायतका धानबाली गहुँ, मकै घाँस काट्नुका साथै रूख, बिरुवा काटछाँट गर्न यो मेसिनको प्रयोग गर्न सकिने केन्द्रका अध्यक्ष रामेन्द्र यादवले जानकारी दिए । उनले कामदारको अभाव भइरहेको समयमा यो मेसिनले किसानलाई ठूलो राहत दिने बताएका छन् । धान काट्ने उक्त मेसिनमा चार किसिमको प्लेट लाग्ने गरेको र प्लेटअनुसार नै कटान हुने गरेको केन्द्रका अध्यक्ष यादवको भनाइ छ । उनका अनुसार उक्त मेसिनले प्रतिघण्टा दुईदेखि तीन कट्ठाको धान काट्न सकिन्छ ।

प्रकाशित मिति: आइतवार, पुस ७, २०७०