शुक्रबार, चैत्र १६, २०८०

पशु सेवा विभागको महानिर्देशक को ?

काठमाडौं, कार्तिक । कृषि विकास मन्त्रालयबाट विभाजित पशुपन्छी विकास मन्त्रालय यतिखेर मन्त्री विहिन छ । प्रधानमन्त्रीले नै यसको जिम्मेवारी सम्हालेको भएपनि मन्त्रालय भने अस्तव्यस्त नै देखिन्छ । जिम्मेवारी सम्हालेका विभागिय मन्त्री समेत रहेका दाहालले अहिलेसम्म मन्त्रालयको बारेमा चासो राख्न फुर्सद पनि पाएका छैनन् । सो मन्त्रालय कृषिमा नै गाभ्नु पर्दछ भन्ने उनकै पाटीका किसान संगठनहरुले दवाव अझै पनि दिईरहेको छन् । तर दाहालले मन्त्रालयको भागशान्तिका लागि सो मन्त्रालय अहिले आफूले राखिरहेको छ । अहिले सो मन्त्रालय साना दल मध्ये कसैलाई वा मधेशवादी दल सरकारमा सामेल भए उनैलाई दिने तयारी गरेको पनि बुझिन्छ । मन्त्रालय अस्तव्यस्त भएपनि मन्त्रालय मातहतमा रहेको पशु सेवा विभागले पनि आफ्नो नियमित कार्यलाई क्रियाशील नै बनाईरहेको छ । dg-ko-palo
सरकार परिवर्तनसंग हुने महानिर्देशक परिवर्तनको खेल नयां सरकार निर्माणसंग गरिएको भएपनि त्यसले साकार रुप पाउन सकेको छैन । वर्तमान महानिर्देशकलाई हटाउन माओवादी केन्द्र निकट केही पशुचिकित्सकहरु शुरुवात देखि नै लागेका थिए । तर वर्तमान महानिर्देशकलाई हटाउनु पर्ने कारण नदेखिएको र माओवादी निकट महानिर्देशक बनाउन व्यक्ति (सहसचिव) नभएकाले पनि केही माओवादीको सपना तुहिएको छ ।
तर माओवादी केन्द्र निकट केही पशु चिकित्सक र राजनीतिक नेतृत्व आर्थिक चलखेल तर्फ लागेका देखिन्छन् । पशु सेवा विभागको महानिर्देशक परिवर्तन गराउन केही व्यक्ति विगतदेखि नै लागेको भएपनि अहिले जुनियर सहसचिवहरुसंग महानिर्देशक बन्नका लागि मोलमोलाई शुरु भएको मन्त्रालय श्रोतले बताएको छ । आफ्ना पाटी निकट नभएकाले महानिर्देशक बन्नका लागि सो मोलमोलाई हुन थालेको बताइएको छ । तर मोलमोलाईबाट महानिर्देशक चयन गरियो भने पशु सेवा विभाग पनि पशुपन्छी विकास मन्त्रालय जस्तै अस्तव्यस्त नहोला भन्न सकिन्छ ।
वर्तमान अवस्थामा महानिर्देशक चयन गर्ने हो भने दलीय भागबण्डा र आर्थिक चलखेल भन्दा पनि वरिष्टता आधारमा गर्ने हो भने माओवादीको पनि नाक जोखिन सक्छ । अहिले पशुपन्छी विकास मन्त्रालय भित्र महानिर्देशक परिवर्तन गराउने प्रधानमन्त्री कार्यालयसम्म लविङ भईरहेको उच्च श्रोतले बताएको छ ।
महानिर्देशक बन्ने तयारीमा रहेको डा.विमल कुमार निर्मल, डा. विजयकान्त झा, डा बंशी शर्मा देखिएका छन् । महानिर्देशक बन्नका लागि बढी लालायित भने डा. बंशी शर्मा देखिएका छन् । महानिर्देशक बन्ने होडबाजीमा तपाई अग्रस्थानमा हो भन्ने प्रश्नमा उनले क्षमतालाई कदर गर्ने हो भने आफू नै महानिर्देशक हुनु पर्ने बताउंछन् । तर शर्मा बरियता क्रममा हेर्ने हो भने चौथो नम्वरमा पर्दछन् । बरियताका क्रममा वरिष्ट देखिएका डा. विमलकुमार निर्मल भने महानिर्देशक किन चाहियो ? काम त पशु सेवामा नै गरिरहेको छु नि भन्छन् । जसरी भएपनि किसानहरुको सेवा गर्ने हो गरिएकै छ उनको भनाई रहेको छ । महानिर्देशक कै लाईनमा दोस्रो रहेका डा विजयकान्त झा भने विदामा बसेका छन् । डा झा र शर्मा पशुपन्छी विकास मन्त्रालयमा काम गरिरहेका छन् भन् डा. विमल कुमार निर्मल पशु सेवा विभागको उपमहानिर्देशक  सहित हिमाली आयोजनाको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

यद्यपी पशु पन्छी विकास मन्त्रालयका सहसचिव मध्ये सवैभन्दा वरिष्ट रहेका श्याम पौडेल भने यो दौडमा छैन । उनी भने सचिव बन्ने लाइनमा नै देखिएका छन् । वरिष्टताका आधामार सचिवका लाईनमा रहेको पौडेललाई पनि महानिर्देशक बनाउने हो की भन्ने चर्चा पनि माओवादी भित्र नचलेको भने होइन ! -स्वस्ती पौडेल

प्रकाशित मिति: बुधबार, कार्तिक ३, २०७३