शुक्रबार, बैशाख ७, २०८१

पशु प्राविधिक गाउं जांदै

म्याग्दी, माघ । सरकारले एक गाउं एक प्राविधिकको कार्यविधि स्वीकृत गरी ग्रामिा भेगमा प्राविधिक घटाउने निर्णय भए बमोजिम नै म्याग्दी जिल्ला पशु सेवा कार्यालयले नियुक्ति दिएका दश प्राविधिकलाई कार्य क्षेत्र खटाएको छ ।
भर्खरै नियुक्त भएका १० जना नायव पशु स्वास्थ्य प्राविधिकलाई विभिन्न गाविसमा खटाइएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीले जनाएको छ ।
लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएका उनिहरुले गाविस कार्यालय मातहत रहेर कृषकहरुलाई पशु सेवा र स्वास्थ्य सम्बन्धि सेवा दिने जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: आइतवार, माघ ९, २०७३