शुक्रबार, चैत्र १६, २०८०

पशुमा अज्ञात रोग

सप्तरी, ७ मंसिर । सप्तरीको राजविराज नगरपालिका वडा नं १५ देउरी भरुवामा कृषकहरुले पालेको पशुमा अज्ञात रोगको संक्रमण देखिएको छ । अज्ञात रोगका कारण हालसम्म दुई दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भईसकेको छ ।
कार्तिकको अन्तिम साताबाट शुरु भएको अज्ञात रोगबाट देउरी, भरुवा टोलका १३ किसानका गाई, गोरु, भैसी बाख्रा लगायतका पशु चौपायाको मरिसकेका छन् ।
अज्ञात रोगले ¥याल आउने, दम फुल्ने घाँटी फुल्ने र पातलो गोवर छेर्ने लक्षण देखिएको केही घण्टामा नै पशुहरुको मृत्यु भएको किसानहरुले बताएका छन्

प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०७४