बुधबार, बैशाख १२, २०८१

पशुपालनतिर किसानहरुको रुचीमा वृद्धि

बागलुङ, १३ माघ । व्यावसायिक पशुपालनतर्फ आकर्षण बढेसँगै यस जिल्लामा पशुजन्य उत्पादनमा पनि वृद्धि आएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार यो वर्ष पशुजन्य उत्पादन जस्तै दूध, मासु, फुल, ऊन, छालालगायतका वस्तुहरूको उत्पादन बढेको हो । सो कार्यालयका प्रमुख डा. लक्ष्मण घिमिरेका अनुसार पशुपालक किसानहरूको रुची र सङ्ख्यामा वृद्धि भएपछि उत्पादन पनि बढ्न गएको हो । जिल्लामा गत वर्षको तुलनामा दूध उत्पादन एक दशमलव १६ प्रतिशत, मासु शून्य दशमलव ४६ प्रतिशत, फुल शून्य दशमलव ३४ प्रतिशत, ऊन शून्य दशमलव ११ प्रतिशत र छाला उत्पादन शून्य दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा. घिमिरेले जानकारी दिनुभयो । कार्यालयले जिल्लामा पशुपालन व्यवसायको प्रवद्र्धन गर्न अनुदान सहयोग, तालिम, प्राविधिक सहयोग, पशुमा कृत्रिम गर्भाधान, निःशुल्क औषधि लगायतका सेवाहरू प्रदान गर्ने गरकोे छ ।

प्रकाशित मिति: सोमवार, माघ १३, २०७०