शुक्रबार, बैशाख ७, २०८१

पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा. युवकध्वज जिसी

काठमाडौं, माघ । सरकारले २८ दिनदेखि रिक्त रहेको पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा युवकध्वज जिसीलाई बढुवा गरेको छ । कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिसमा परेका थिए । तेस्रो पटक सचिव नियुक्तिका लागि सिफारिसमा परेका जिसीलाई माघ ६ गते बसेका मन्त्रीपरिषद्को निर्णयले सचिवमा बढुवा गरेको थियो । तर सचिवमा जिसीलाई बढुवा गरेपनि सो कुरा सार्वज्निक गरिएको थिएन । ubakआज मंगलबार मात्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पत्र बुझेपछि जिसी सचिव पक्का भएका छन् । जिसीलाई सचिव बढुवा भए पनि सो निर्णय लुकाइएको थियो । कृषि विकास मन्त्रालयबाट विभाजित भई बनेको पशुपन्छी विकास मन्त्रालय स्थापनाको एक बर्षको अवधिमा चौथो सचिवका रुपमा मन्त्रालयले युवकध्वज जिसीलाई पाएको छ । क्लष्टरका आधारमा सचिव बढुवा गर्ने सरकारले निर्णय गरेपछि कृषि तथा बन समूहका सहसचिवले मात्र कृषि, पशपन्छी, बन तथा वातावरण मन्त्रालयको सचिव बन्न पाउने छन् ।
क्लष्टरका सहसचिवहरु मध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा एक नम्वरमा रहेको कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी सचिवमा बढुवा भएका हुन् ।

प्रकाशित मिति: मङ्लबार, माघ ११, २०७३